मुख्यमन्त्री रेखा गुप्ताले अरूण जेटलीलाई श्रद्दासुमन अर्पण गरिन्, भनिन्- राष्ट्रसेवा र सुशासनप्रति समर्पित रह्यो उनको जीवन
मुख्यमन्त्री रेखा गुप्ताले अरूण जेटलीलाई श्रद्दासुमन अर्पण गरिन्, भनिन्- राष्ट्रसेवा र सुशासनप्रति समर्पित रह्यो उनको जीवन


नयाँ दिल्ली, 24 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार पूर्व केन्द्रिय मन्त्री अरुण जेटलीको 7औं पुण्यतिथिमा अरुण जेटली पार्कमा उनको प्रतिमामा श्रद्धासुमन अर्पण गरी नमन गरिन्। यो जानकारी मुख्यमन्त्रीले सोशल मीडिया एक्सको अकाउन्टमा साझा गरिन्।

मुख्यमन्त्रीले भनिन्, राष्ट्रवादी चिन्तक, प्रख्यात कानूनविद्, ओजस्वी वक्ता औ कुशल सङ्गठनकर्ताको रूपमा अरुण जेटलीको सार्वजनिक जीवन राष्ट्रसेवा औ सुशासनप्रति समर्पित रह्यो। वित्त मन्त्रीको रूपमा उनले अनेकौं महत्वपूर्ण आर्थिक सुधारहरूको माध्यमबाट भारतको अर्थव्यवस्थालाई नयाँ बल अनि दिशा दिनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। राष्ट्र र सङ्गठनप्रति उनको निष्ठा तथा राष्ट्र निर्माणमा उनको योगदानले सदैव प्रेरणा दिरहनेछ।

मुख्यमन्त्रीले भनिन्, जेटलीजीको विद्यार्थी परिषदबाट सार्वजनिक जीवनको शुरूआत, आपातकालविरुद्ध सङ्घर्ष, सङ्गठनमा दीर्घ साधना औ संसदमा प्रभावकारी भूमिका, उनको जीवन राष्ट्रनिष्ठ राजनीतिको एक प्रेरक यात्रा रह्यो। उनले भनिन्, वित्तमन्त्रीको रूपमा देशको अर्थव्यवस्थालाई नयाँ दिशा दिने अनेकौं महत्वपूर्ण सुधारहरूमा उनको निर्णायक योगदान सदैव स्मरणीय रहनेछ। दिल्ली उनको कर्मभूमि रह्यो। यहाँका कार्यकर्ता अनि जनमानससित उनको आत्मीय सम्बन्ध आज पनि अनेकौ स्मृतिहरूमा जीवन्त छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande