गुवाहाटीमा नशा विरोधी जागरूकता कार्यक्रम आयोजित
गुवाहाटीमा नशा विरोधी जागरूकता कार्यक्रम आयोजित


गुवाहाटी, 26 अगस्त (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी), सोनापुरका कमाण्डेन्ट सुनिल कौशिकको मार्गदर्शनमा बुधवार ‘ई’ कम्पनी, लोखराको पक्षबाट नालापारा एलपी स्कूल, लोखरामा नशा विरोधी जागरूकता कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा विद्यार्थीगण, स्थानीय मानिसहरू तथा एसएसबी जवानहरूलाई नशालु औषधि एवं मादक पदार्थको सेवनबाट हुने शारीरिक एवं मानसिक नोक्सानको बारेमा जागरूक गरियो। साथै नशाले व्यक्ति, परिवार एवं समाजमाथि पार्ने प्रतिकूल प्रभावहरू बारे जानकारी गराइयो।

प्रतिभागीहरूसित नशादेखि टाड़ा बस्ने,, स्वस्थ जीवनशैली अप्नाउने औ नशामुक्त समाज निर्माणमा सक्रिय योगदान दिने आह्वान गरियो। विशेष रूपमा युवा पिँढ़ीलाई नशाको लतदेखि बचाउनको लागि सामूहिक प्रयासहरूको महत्वमाथि बल दिइयो।

कार्यक्रमको उद्देश्य विद्यार्थी अनि स्थानीय समुदायबीच नशाको खतराप्रति जागरूक गर्नु अनि नशामुक्त भारत निर्माणमा उनीहरूको सहभागिता सुनिश्चत गर्नुथियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande