मणिपुरमा यूएनएलएफ (के)-का उग्रवादी पक्राउ
मणिपुरमा यूएनएलएफ (के)-का उग्रवादी पक्राउ


थौबल (मणिपुर), 29 अगस्त (हि.स.)। मणिपुरको थौबल जिल्लामा थौबल जिल्ला पुलिस, 31 असम राइफल्स औ 46 असम राइफल्सको संयुक्त टीमले प्रतिबन्धित सङ्गठन यूएनएलएफ (के)- का एकजना सक्रिय सदस्यलाी पक्राउ गरेको छ।

पुलिसले आज बताए अनुसार पक्रा पर्ने व्यक्तिको पहिचान नङ्गोम गिब्स सिंह उपनाम पामेल (29)- को रूपमा भएको छ जो इम्फाल इस्ट जिल्लाको चिङ्गमेइरोङ्ग निवासी एनजी. याइस्कुल सिंहका पुत्र हुन्।

पुलिस अनुसार उसलाई गत 28 अगस्तको दिन थौबल थाना अन्तर्गत वाङ्गजिङ्ग बजारको नजिकै हेरोक क्रसिङ्गबाट पक्राउ गरिएको हो। मामिलामा अग्रिम कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande