काजीरङ्गाका संवेदनशील क्षेत्रहरूमा कटौतीको विरोधमा हाजोमा कङ्ग्रेसको पदयात्रा
काजीरङ्गाका संवेदनशील क्षेत्रहरूमा कटौतीको विरोधमा हाजोमा कङ्ग्रेसको पदयात्रा


कामरूप (असम), 29 अगस्त (हि.स.)। काजीरङ्गा राष्ट्रिय उद्यानको पर्यावरण-संवेदनशील क्षेत्रलाई घटाउने प्रस्तावको विरोधमा असम प्रदेश कङ्ग्रेस कमिटीद्वारा राज्यव्यापी पदयात्रा आयोजना गरिएको छ। यसै क्रममा शनिवार हाजो-शुवालकुची ब्लक कङ्ग्रेसले पनि विरोध मार्च निकाल्यो।

पदयात्रा हाजोको सातदला चौकदेखि शुरू भएर हाजो राजस्व चक्र कार्यालय परिसरम्म्म पुग्यो। यस अवधि पार्टी कार्यकर्ताहरूले ‘काजीरङ्गालाई बचाऔं’, ‘पर्यावरणलाई बचाऔं’ तथा ‘विकास चाहिन्छ, तर प्रकृतिलाई नष्ट गरेर होइन’ जस्ता नाराहरू लगाउँदै प्रस्तावको विरोध गरे।

पदयात्रामा सामेल कङ्ग्रेस नेता भवेश दासले भने, पर्यावरण-संवेदनशील क्षेत्रलाई 10 किलोमीटरदेखि घटाएर एक किलोमीटर बनाउने प्रस्तावले काजीरङ्गा राष्ट्रिय उद्यानको जैव विविधतामाथि प्रतिकूल प्रभाव पार्नसक्छ।

उनले भने, सरकारको यो हतारमा लिइएको फसेलाले वन्यजीव तथै जैव विविधताको लागि गम्भीर खतरा उत्पन्न गर्नेछ भने यसबाट सारा पारिस्थितिकी तन्त्र सङ्कटमा पर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande