दृष्टिबाधित विद्यार्थीहरूको लागि ब्रेल किटमाथि अमस सरकारको बल
दृष्टिबाधित विद्यार्थीहरूको लागि ब्रेल किटमाथि अमस सरकारको बल


गुवाहाटी, 30 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भने, प्रत्येक विद्यार्थीको समान विकास राज्य सरकारका प्रमुख प्राथमिकताहरूमा सामेल छ।

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टको माध्यमबाट भने, असममा एनडीए 3.0 को पहिलो 100 दिनमा राज्य सरकारले दिव्याङ्ग एवं दृष्टिबाधित विद्यार्थीहरूलाई ब्रेल किट उपलब्ध गराउनेमाथि बिशेष बल दिएको छ।

उनले भने, विद्यार्थीहरूलाई सिक्नको लागि सबै आवश्यक सुविधाहरूद्वारा सुसज्जित गर्ने अनि उनीहरूको उज्जवल भविष्य निर्माणको लागि सरकारको प्रयास निरन्तर जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande