
नवादा, 30 अगस्त (हि.स.)। नवादा जिल्लाको पकरीबरावा थाना क्षेत्र अन्तर्गत गाउँमा 14 वर्षीया बालिकालाई बलात्कार गरिएको छ। बालिकाले गाउँका दुई युवकले उनको घरमा प्रवेश गरी बलात्कार गरेको आरोप लगाएकी छन्। घटना शनिवार राति 10 देखि 11 बजीबीच भएको बताइएको छ। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र घटनाको अनुसन्धान शुरु गऱ्यो।
पुलिसले आइतवार घटनास्थलबाट मोबाइल फोन, प्यान्ट, गमछा र घड़ी जफत गरेको छ। सबै समान जफत गरी पुलिस थाना ल्याइएको छ। घटनास्थलमा एफएसएल टोली पनि बोलाइएको छ। टोलीले घटनास्थलबाट धेरै प्रमाण सङ्कलन गरेको छ।
पुलिस अनुसार, किशोरी आफ्नी कोठामा सुतिरहेकी थिइन् भने उनका हजुरबुबा छेवैको कोठामा सुतिरहेका थिए। सोही अवधि दुई युवक पर्खाल चढ़ेर कोठामा पसे र पालो गदै किशोरीलाई बलात्कार गरेको आरोप लगाइएको छ।
यस सम्बन्धमा पाकरीबरावा पुलिस थानामा बलात्कारको एफआइआर दर्ता गरिएको छ। पुलिसले किशोरीलाई बयान र मेडिकल जाँचका लागि नवादा पठाएको छ। पुलिसले अभियुक्तलाई पक्राउ गर्न सम्भावित लुकेका ठाउँमा छापा मारिरहेको छ।
पाकरीबरावा थाना प्रभारी रञ्जन चौधरीले शनिवार राति केटीको घरमा प्रवेश गरेका दुई युवकले बलात्कार गरेको रिपोर्ट गरिएको बताए। एउटा एफआइआर दर्ता गरिएको छ। अभियुक्तलाई पक्राउ गर्न छापामारी भइरहेको छ। रिपोर्ट उपलब्ध भएपछि मात्र यो थाहा हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी