
हुगली, 30 अगस्त (हि. स.)। अविरल वर्षाका कारण गङ्गा नदीको जलस्तर बढ़ेर मालदाको भुतनी र रतुआ संलग्न क्षेत्रमा कटाउ तीव्र भएको छ। गत शनिवार अबेर राती पश्चिम रतनपुर प्राथमिक विद्यालयको एक भाग गङ्गामा सामाहित भयो जसले गर्दा स्कूलमा पढ़ाई पनि लगभग ठप्प भएको छ। यस विद्यालयमा लगभग 320 जना विद्यार्थीहरू अध्ययनरत् छन्। स्कूल भवनलाई नदीले बगाएपछि विद्यार्थी अनि उनीहरूको परिवारहरू चिन्तित भएका छन्।
स्थानीय मानिसहरूको भनाइ छ, स्कूलमा पछिल्लो लामो समयदेखिकै गङ्गा नदीको कटाउ जारी थियो। प्रशासनलाई पनि यसको जानकारी दिइएको थियो, तर समयमा कुनै प्रभावकारी कदम उठाइएन।
विद्यालयका प्रधान शिक्षक बापी सरकारले प्रशासन र सिंचाइ विभागमाथि उदासीनताको आरोप लगाउँदै भने, पछिल्लो वर्ष पनि स्थिति यस्तै भएको थियो। प्रशासनलाई जानकारी दिइएको भए पनि स्कूललाई बचाउनको लागि पर्याप्त कदम उठाइएन।
प्रधान शिक्षक अनुसार हाल पठन-पाठनलाई बन्द राखिएको छ। स्कूलका आवश्यक सामग्री र फर्नीचरलाी सुरक्षित स्थानमा अवस्थित खासमहल जूनियर हाई स्कूलमा स्थानान्तरण गरिएको छ।
निरन्तर पानी परिरहेकोले गङ्गाको जलस्तर बढ़ेर भुतनी र रतुआको विस्तृत क्षेत्रहरूमा नदीको कटाउ जारी छ। केही घर एवं जमीनहरू नदीमा समाहित भइसकेका छन् जसबाट ठूलो सङ्ख्यामा परिवारहरू विस्थापित हुने स्थितिमा पुगिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा