मुख्यमन्त्रीको बयानपछि जादवपुर विश्वविद्यालयका भित्ताहरूबाट हटाइयो विवादित नाराहरू, एसएफआईद्वारा विरोध प्रकट
मुख्यमन्त्रीको बयानपछि जादवपुर विश्वविद्यालयका भित्ताहरूबाट हटाइयो विवादित नाराहरू, एसएफआईद्वारा विरोध प्रकट


कोलकाता, 30 अगस्त (हि. स.)। जादवपुर विश्वविद्यालय परिसरका भित्ताहरूमा लेखिएका ‘राष्ट्रविरोधी’ नाराहरूलाई लिएर भइरहेको विवादबीच विश्वविद्यालय प्रबन्धनले परिसरका केही भित्ताहरूहरूमा लेखिएका नारा र सन्देशहरूलाई मेटाइदिएको छ। यी भित्ताहरूमा अब सेतो रङ्ग पोतिएको छ। यसलाई लिएर प्रश्न उठिरहेको छ- मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशपछि यो कारबाही गरिएको हो?

विश्वविद्यालय प्रशासनको भनाइ छ, भित्ताहरू सफा गर्ने अनि रङ्ग-रोगन गर्ने काम नियमित प्रक्रियाको भाग हो र पहिला पनि यस्तो गरिन्थ्यो।

पछिल्ला केही दिनदेखिको जादवपुर विश्वविद्यालय राजनीतिक चर्चाको केन्द्र बन्न पुगेको छ। बाहिरका मानिसहरूको कथित हमला अनि विद्यार्थीहरूबीच भएको झड़पपछि मुख्यमन्त्रीले विश्वविद्यालय परिसरमा लेखिएका केही नाराहरूमाथि प्रश्न उठाएका थिए। उनले सोधेका थिए- कला विभागका भित्ताहरूमा ‘किशनजी सलाम’ औ ‘कश्मीरले माग्छ स्वाधीनता’ जस्ता नाराहरू किन लेखिएको हो? उनले यस्तो भित्ते लेखनलाई ‘फोहोर’ बताउँदै त्यसलाई तत्काल हटाउने निर्देश दिएका थिए। मुख्यमन्त्रीले भनेका थिए, जादवपुर विश्वविद्यालय उत्कृष्टताको केन्द्र हो। नयाँ पिँढ़ीलाई यस्ता नाराहरूको माध्यमबाट के सन्देश दिइँदैछ? यसमाथि विचार हुनुपर्छ।

विश्वविद्यालयको कारबाहीको एसएफआईले विरोध गरेको छ। एसएफआई नेता औ विश्वविद्यालयका स्नातकोत्तर छात्र अञ्जिल दासले आइतवार दाबी गरे, परिसरका भित्ताहरूमा लेखिएका नाराहरूले साम्राज्यवाद र फासीवाद विरोधी विचारहरूलाई दर्शाउँछ। उनले आरोप लगाए, भित्ते लेखनलाई मेटाएर विश्वविद्यालयको ऐतिहासिक राजनीतिक परम्परालाई नोक्सान पुऱ्याइएको छ।

एसएफआईले चेताउनी दिएको छ, भित्ते लेखनको परम्परालाई पुनः शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande