कुल्टीः सर्भिस रोड दुर्घटनामा दुई जना मानिसहरू घाइते
कुल्टीः सर्भिस रोड दुर्घटनामा दुई जना मानिसहरू घाइते


पश्चिम बर्दवान, 30 अगस्त (हि. स.)। कुल्टी थाना अन्तर्गत चौरङ्गी चौकी क्षेत्रमा आइतवार बिहान नेशल हाइवे- 19 स्थित आसनसोल जाने सर्भिस रोडमा दुई वटा लरी आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा दुई जना मानिसहरू घाइते भए।

प्रत्यक्षदर्शीहरू अनुसार गुवाहाटीदेखि आसनसोल गइरहेको केरा लादिएको एउटा द्रूत गतिको लरी अचानक अनियन्त्रित भएर सर्भिस रोडमा खड़ा अर्को लरीको पछाड़ि टोक्कियो। यस भयानक ठक्करपछि केरा लादिएको लरीको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भयो भने चालक र खलासी दुवै केबिनमा फसिए।

सूचना पाएर चौरङ्गी चौकीको पुलिस औ नेशनल हाइवेको विशेष पेट्रोलिङ्ग टीम घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको सहयोगले ग्यास कटर आदि प्रयोग गरी दुवै घाइतेहरूलाई बाहिर निकालेर आसनसोल जिल्ला अस्पतालमा पठाइयो जहाँ उनीहरूको उपचार भइरहेको छ।

ठक्कर लागेपछि अर्को लरी पनि अनियन्त्रित भएर सड़क किनारमा तल झऱ्यो। यसको चालकलाई सामान्य चोट लागेको छ जसको अवस्था हाल स्थिर नै छ। दुदर्घटनाको कारणले सर्भिर रोडमा केही समयसम्म जामको स्थिति उत्पन्न भयो। पछि क्रेनको मद्दतले क्षतिग्रस्त लरीलाई हटाएर यातायातलाई सामान्य बनाइयो। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande