नेपालमा आएको त्रासदीमा मारिएका मानिसहरूको आत्मशान्तिको लागि काशीमा विशेष अनुष्ठान
नेपालमा आएको त्रासदीमा मारिएका मानिसहरूको आत्मशान्तिको लागि काशीमा विशेष अनुष्ठान


- 11 जना ब्राह्मणहरूले विधि-विधान पूर्वक पूजा गरी नेपाललाई यस सङ्कटदेखि पार लगाउने कामना महादेवसित गरियो

वाराणसी, 30 अगस्त (हि.स.)। नेपालमा आएको विनाशकारी बाढ़ीको त्रासदीले बाबा विश्वनाथको नगरी पनि मर्माहत भएको छ। त्रासदीमा ज्यान गुमाउने नागरिकहरूको आत्मशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा त्यहाँ फसेका भारतीय पर्यटकहरूलाई सुरक्षित देश फिर्तीको कामना लिएर आइतवार काशीमा विशेष अनुष्ठान गरियो।

सुदामापुरस्थित इन्टरनेशनल सोसाइटी फर काली अवेयरनेस आश्रममा आयोजित कार्यक्रममा 11 जना ब्राम्हणहरूले वैदिक मन्त्रोंच्चारबीच हवन पूजन गरे। ब्राम्हणहरूले बाबा विश्वनाथ र माँ कालीसित पशुपतिनाथको नगरी (नेपाल)-को स्थिति सामान्य होस् भनी विशेष प्रार्थना गरे। विशेष अनुष्ठानबीच ब्राह्मणहरूले हातमा पोस्टर बोकेर नेपालका मानिसहरूप्रति संवेदना व्यक्त गरे अनि सङ्कटको यस घड़ीमा त्यहाँका मानिसहरूलाई शक्ति प्रदान गर्ने कामना गरे।

त्रासदीमा घाइते मानिसहरूको शीघ्र स्वास्थ्यला अनि आफ्ना प्रियजनलाई गुमाउने परिवारहरूलाई यो दुःख सहन गर्ने शक्ति प्रदान गरून् भनी कामना गरियो। यस अवधि वैदिक ब्राम्हणहरूले भने, काशी र नेपालबीच धार्मिक एवं सांस्कृतिक सम्बन्ध शताब्दिऔं पुरानो हो। काशीमा बाबा विश्वनाथ अनि नेपालको राजधानी काठमाण्डौंमा भगवान पशुपतिनाथ करोड़ौं श्रद्धालुहरूको आस्थाका केन्द्र हुन्। त्यसैले नेपालमा आएको प्राकृतिक आपदालाई लिेर काशीका मानिसहरू पनि चिन्तित र संवेदनशील भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande