बवानाको निजी स्कूलमा नाबालिक छात्रासित यौन शोषण, आरोपी कर्मचारी पक्राउ
बवानाको निजी स्कूलमा नाबालिक छात्रासित यौन शोषण, आरोपी कर्मचारी पक्राउ


नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। दिल्ली पुलिसले बाहिरी उत्तर जिल्लाको बवाना (पूठ खुर्द)- स्थित एक निजी स्कूलमा नाबालिक छात्रासित यौन शोषण गरेको मामिलामा एकजना आरोपी स्कूल कर्मचारीलाई पक्राउ गरेको छ। यस मामिलामा विस्तृत जाँच गर्नको लागि एक विशेष जाँच दल (एसआईटी) गठन गरिएको छ।

पुलिस अनुसार गत 24 अगस्तको दिन बवाना थाना पुलिसलाई घटनाको सूचना प्राप्त भएको थियो। पुलिस टीमले तुरून्तै घटनास्थलमा पुगेर परिवारजन अनि सिकायतकर्तासित सम्पर्क गऱ्यो। आरोपीविरूद्ध बवाना थानामा प्राथमिकी दर्ता गरियो। आरोपीविरूद्ध पोक्सो एक्टको धारा तथा भारतीय न्याय संहिता (बीएनएस)- को धारा 74 अन्तर्गत मामिला दर्ता गरिएको छ।

पीड़िताको नियमानुसार मेडिकल परीक्षण गराउनको साथै बाल-सुलभ वातावरणमा सीडब्ल्यूसी, अदालत समक्ष बयान दर्ता गराइयो।

पुलिसले घटनास्थलबाट इलेक्ट्रनिक साक्ष्य औ सीसीटीभी फुटेज जफत गरी फोरेन्सिक जाँचको लागि पठाइदिएको छ। आरोपीको आपराधिक पृष्ठभूमि पनि जाँच गरिँदैछ। यसको साथै स्कूल प्रबन्धन र सम्बन्धित कर्मचारीलाई जाँचको घेराभित्र राखेर जाँचबुझ गरिँदैछ ताकि यो स्पष्ट हुन सकोस् कि सुरक्षा मानदण्डमा कुनै लापरवाही गरिेको थियो कि थिएन। पुलिसको भनाइ छ, तय समय-सीमाभित्रमा कोर्टमा चार्जशीट दर्ता गरिनेछ।

बाहिरी उत्तर जिल्ला पुलिसले स्कूल प्रबन्धन र अभिभावकसित बालिकाको सुरक्षालाई लिएर अतिरिक्त सतर्कता अप्नाउने अपील गरेको छ। पुलिसले भनेको छ, स्कूलमा ड्राइभर, हेल्पर, गार्ड तथा अन्य कर्मचारीहरूको नियुक्ति पुलिसको सत्यापनपछि मात्र गरियोस्। नानीहरूलाई ल्याउन-लैजानको लागि सत्यापन नगरिएको निजी वा वाणिज्यिक वाहनहरूको उपयोग नगरियोस्। यसको लागि परमिट भएको पञ्जीकृत वाणिज्यिक वाहनहरू प्रयोग गर्ने सल्लाह दिइएको छ।

स्कूलहरूमा सीसीटीभी क्यामरालाई चालू राख्ने तथा त्यसको रेकर्डिङ्गको ब्याकअप सुरक्षित राख्न भनिएको छ। स-साना नानीहरूको सुरक्षाका लागि महिला कर्मचारीको तैनाथी सुनिश्चित गर्ने सल्लाह दिइएको छ। पुलिसले स्पष्ट पाऱ्यो, बाल-बालिकाहरूसित सम्बन्धित कुनै पनि प्रकारको दुर्व्यवहारको जानकारी तुरून्तै 112 वा चाइल्ड हेल्पलाइन 1098-मा दिइयोस्। पोक्सो एक्ट अन्तर्गत यस्ता घटनाको जानकारी नदिनु पनि दण्डनीय हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande