जादवपुर विश्वविद्यालय परिसरको भित्तामा लेखियो वामपन्थी नारा
जादवपुर विश्वविद्यालय परिसरको भित्तामा लेखियो वामपन्थी नारा


कोलकाता, 31 अगस्त (हि.स.)। जादवपुर विश्वविद्यालय परिसरको जुन भित्तालाई मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशपछि सेतो रङ्ग पोतेर वामपन्थी नाराहरूलाई मेटाइएको थियो, त्यसै भित्तामा 24 घण्टाभित्रै एकपटक फेरि नीलो रङ्गले कार्ल मार्क्सको उक्ति लेखिएकोले राजनीतिक चर्चा चुलिएको छ।

एबीवीपी छात्र सङ्गठनको आरोप छ, यो नयाँ भित्ते लेखन नक्सलपन्थीहरूद्वारा गरिएको हो। तथापि मन्त्री दिलीप घोषको भनाइ छ, लोकतान्त्रिक देशमा सबै भित्तामा लेख्ने अधिकार छ। उनले स्पष्ट पारे, कार्ल मार्क्सको विचार वा उनका नीतिहरू भारतमा प्रतिबन्धित छैन। तर देश विरोधी नारालाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन।

दिलीप घोषले भने, सरकारले जादवपुरमा ती नाराहरूलाई हटाउने आवश्यकता महसूस गऱ्यो जसलाई देश विरोधी मानियो। उनले भने, वर्षौंदेखिको परिसरलाई आफ्नो कब्जामा लिएर यसलाई कथित रूपमा देश विरोधी गतिविधिहरूको केन्द्र बनाउन चाहनेहरूलाई अब स्पष्ट सन्देश दिइएको छ, यस्तो चल्नेछैन।

मन्त्रीले भने, “लोकतान्त्रिक देशमा भित्तामा लेख्न हरेकले सक्छ तथा कार्ल मार्क्सको विचार लेख्नु प्रतिबन्धित छैन। तर भारत विरोधी चुनौती दिनु वा देशको एकता र अखण्डतालाई चुनौती दिनु भारत सरकारले कुनै पनि मूल्यमा सहन गरिनेछैन।”

उल्लेखनीय छ, यसपूर्व मुख्यमन्त्री शुभेन्दु अधिकारीले जादवपुर विश्वविद्यालयलाई लिएर कैयौं पटक कड़ा व्यवहार अप्नाइसकेका छन्। उनले भनेका थिए, जादवपुरमा राष्ट्रवाद स्थापना गरिनेछ। देश विरोधी नारालाई कुनै पनि प्रकारले सहन गरिनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande