पुन्छ जिल्लाको सुरनकोटमा संदिग्ध देखापरेपछि सुरक्षा बलले खोजी अभियान चलायो
पुन्छ जिल्लाको सुरनकोटमा संदिग्ध देखापरेपछि सुरक्षा बलले खोजी अभियान चलायो


पुन्छ, 04 अगस्त (हि.स.)। पुन्छ जिल्लाको सुरनकोट पुलिस थाना अन्तर्गत धारा साङ्गला गाउँमा शंकास्पद गतिविधिको सूचना पाएपछि मङ्गलवार स्पेशल अपरेशन ग्रुप (एसओजी) सुरनकोट र 16 राष्ट्रिय राइफल्स (आरआर) ले संयुक्त खोजी अभियान शुरु गरेका छन्।

आधिकारिक सूत्रहरू अनुसार, संदिग्ध देखिने दुई वटा छुट्टा- छुट्टै घटना रिपोर्ट गरिएको छ। पहिलो घटनामा गुज्जर नार नजिकै 3 जना सन्दिग्ध व्यक्ति देखिएका थिए भने दोस्रो घटनामा खेरोवाली ढोक नजिकै 4 जना सन्दिग्ध व्यक्ति देखिएका थिए। सुरक्षा बलले तुरुन्तै त्यस क्षेत्रको खोजी गर्न र संदिग्धहरूको पत्ता लगाउन संयुक्त खोजी अभियान शुरु गऱ्यो।

समाचार लेखिञ्जेलसम्म सुरक्षा बलले यस क्षेत्रमा अपरेशन गरिरहेको थियो र थप विवरणको प्रतिक्षा गरिएको छ। सुरक्षा बलले स्थानीय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न क्षेत्रमा निगरानी पनि बढ़ाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande