
चेन्नई, 04 अगस्त (हि.स.)। तमिलनाडु विधानसभामा विपक्षका नेता तथा राज्यका पूर्व उपमुख्यमन्त्री उदयनिधि स्टालिनलाई मङ्गलवार तमिल अभिनेत्री तृषा कृष्णनमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ। मुख्यमन्त्री सी जोसेफ विजयको पार्टी तमिलगा वेट्री कड़गम (टीवीके) ले पुलिस र राष्ट्रिय महिला आयोग (एनसिडब्लु) मा उजुरी गरेपछि यो कारबाही भएको हो।
टीवीकेको तन्जावुर केन्द्रिय जिल्ला महिला शाखाका संयोजक एस. बैरवीले तन्जावुर पूर्व पुलिस थानामा उदयनिधि स्टालिन विरुद्ध उजुरी दिएकी छन्। पार्टीले राष्ट्रिय महिला आयोगलाई पनि यस मामिलामा हस्तक्षेप गरी कड़ा कारबाही गर्न आग्रह गरेको छ। उजुरी प्राप्त गरेपछि पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गऱ्यो र पछि उदयनिधि स्टालिनलाई पक्राउ गऱ्यो।
राज्यको मुख्य विपक्षी दल द्रविड मुनेत्र कड़गम (डिएमके) का नेता उदयनिधि स्टालिनले यस मामिलामा गिरफ्तारीबाट बच्न मद्रास उच्च अदालतमा अग्रिम जमानतको अर्जी दिएका थिए। तर उनको कुरा सुन्नुअघि नै पुलिसले उनलाई पक्राउ गऱ्यो। पुलिस अनुसार, उदयनिधि विरुद्ध तमिलनाडुका विभिन्न भागमा अहिलेसम्म 6 वटा एफआइआर दर्ता गरिएको छ।
गिरफ्तारीअघि उदयनिधि स्टालिनको निवास बाहिर भारी पुलिस बल तैनाथ गरिएको थियो। वास्तवमा टीवीकेका कार्यकर्ताहरूले उनको कथित टिप्पणीको विरोधमा उनको घर घेराव गर्ने घोषणा गरेका थिए। कुनै पनि अप्रिय घटनाबाट बच्नका लागि पुलिसले अग्रिम रूपमा विस्तृत सुरक्षा व्यवस्था गरेको थियो।
कावेरी जल विवादलाई लिएर सोमवार तन्जावुरमा आयोजित ऱ्यालीमा उदयनिधि स्टालिनको भाषणपछि विवाद शुरू भयो। ऱ्याली मुख्यमन्त्री सी जोसेफ विजयको आलोचना गर्दै भीड़ले अभिनेत्री तृषा कृष्णनको नामको नारा लगाउन थाल्यो। भाइरल भीडियो अनुसार, उदयनिधीले कावेरी जल विवादलाई लिएर पहिले राज्य सरकारलाई घेरेर भने कि राज्यले कावेरीको पानीको एक थोपा पनि पाएको छैन तर मुख्यमन्त्री यस विषयमा मौन छन्। यसैबीच नाराबाजी जारी रहँदा, उनले मुस्कुराएर टिप्पणी गरे, जसलाई धेरैले अभिनेत्री तृषा र मुख्यमन्त्री विजयको कथित सम्बन्धको बारेमा सोशल मीडियामा लामो समयदेखि चलिरहेको अफवाहसित जोड़ेर हेरे।
भीडियो भाइरल भएपछि विपक्षी दल र टीवीकेले उक्त टिप्पणीलाई महिलाको अपमान भन्दै कड़ा विरोध गरे। टीवीकेका विधायक रेभन्थ चरणले महिलाको बारेमा यस्तो टिप्पणी पूर्ण रूपमा अस्वीकार्य भएको बताए। द्रमुक नेतृत्वले राजनीतिक बहसको स्तरलाई निरन्तर तल झार्दै जानाजानी भड़्काउने राजनीति गरिरहेको उनले आरोप लगाए।
यद्यपि, डिएमकेले यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। पार्टीका वरिष्ठ नेता टीआर बालूले उदयनिधि स्टालिनले कुनै विशेष व्यक्तिको नाम लिएर कुनै टिप्पणी नगरेको बताए। उनले ती महिलाको बारेमा एक शब्द पनि बोलेका छैनन्। सम्पूर्ण आरोप झुटो र राजनीतिबाट प्रेरित छ
यसैबीच डिएमके राज्यसभा सांसद पी विल्सनले गिरफ्तारीको आलोचना गर्दै यसलाई राजनीतिक प्रतिशोध भनेका छन्। कावेरी जल विवाद र कर्नाटकले तमिलनाडुलाई पर्याप्त पानी नदिनु जस्ता गम्भीर मुद्दाहरूबाट जनताको ध्यान हटाउन राज्य सरकारले विवादलाई प्रयोग गरिरहेको उनीहरूको आरोप छ।
विवादलाई लिएर भारतीय जनता पार्टी (भाजपा) ले उदयनिधि स्टालिनको आलोचना गऱ्यो। भाजपाका प्रदेश प्रवक्ता नारायणन थिरुपथीले उक्त बयानलाई अभद्र, अश्लील र लाजमर्दो भन्दै उनी विरुद्ध कड़ा कारबाहीको माग गरेका छन्।
यसैबीच उजुरी र उपलब्ध भीडियो प्रमाणका आधारमा अनुसन्धान भइरहेको पुलिसले बताएको छ। यसैबीच, उदयनिधि स्टालिनको गिरफ्तारीपछि राज्यमा राजनीतिक वातावरण अझ् गरम भएको छ। डिएमके र टीवीकेबीच आरोप-प्रत्यारोपको क्रम तीव्र भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी