मेदिनीपुर र झाड़ग्राममा वज्रपातले पाँच जनाको लियो ज्यान
मेदिनीपुर र झाड़ग्राममा वज्रपातले पाँच जनाको लियो ज्यान


कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर औ झाड़ग्राम जिल्लामा गए बुधवार भएको वज्रपातका अलग-अलग घटनाहरूमा तीन जना महिलाहरू सहित पाँच जना मानिसहरूको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। सबै घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

मृतकहरूमा डेबरा थाना क्षेत्रको राधामोहनपुर गाउँकी काजल नायक (65) औ मालती पात्र (47), नारायणगढ़ थाना क्षेत्रको ठेङ्गामारा गाउँका तापस साबड़ा (50), खड़गपुर लोकल थाना क्षेत्रको बरगाई गाउँकी सुमित्रा खामरुई (50) तथा झाड़ग्राम जिल्लाको नयाँग्राम थाना क्षेत्रको बड़ाखाँकड़ी गाउँका चाँदराय मुर्मू (19) सामेल छन्।

प्रत्यक्षदर्शीहरू अनुसार डेबराको राधामोहनपुर गाउँमा काजल नायक र मालती पात्रले धान रोपाई गरिरहेका थिए। यसै अवधि अचानक भएको वज्रवातको चपेटमा उनीहरू परे। ग्रामीणहरूले तत्कालै दुवैलाई डेबरा सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरिदिए। यस घटनामा घाइते अन्य तीन जनाको उपचार भइरहेको छ।

यसै दिन नारायणगढ़ थाना क्षेत्रको ठेङ्गामारा गाउँमा खेतमा काम गरिरहेका तापस साबड़ा पनि वज्रपातको चपेटमा परी गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले उनलाई मकरामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

खड़गपुर लोकल थाना क्षेत्रको बरगाई गाउँकी सुमित्रा खामरुईको पनि खेतमा काम गरिरहेको समय वज्रपातको चपेटमा परी मृत्यु भयो।

झाड़ग्राम जिल्लाको नयाँग्राम थाना क्षेत्रस्थित बड़ाखाँकड़ी गाउँ निवासी चाँदराय मुर्मूले खेतमा काम गरिरहेका थिए। अचानक भएको वज्रपातमा परी उनी घाइते भए। ग्रामीणहरूले उनलाई नयाँग्राम सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

मौसम विज्ञान विभागले पश्चिम मेदिनीपुर, झाड़ग्राम औ बाँकुड़ा जिल्लामा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा, वर्षा अनि वज्रवात हुने सम्भावना पहिलाबाटै व्यक्त गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande