मणिपुरमा सुरक्षा बलहरूद्वारा सञ्चालित दुई भिन्न अभियानमा दुई उग्रवादी पक्राउ
मणिपुरमा सुरक्षा बलहरूद्वारा सञ्चालित दुई भिन्न अभियानमा दुई उग्रवादी पक्राउ


इम्फाल, 06 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूद्वारा गए बुधवार सञ्चालित दुई अलग-अलग अभियानहरूमा प्रतिबन्धित उग्रवादी सङ्गठनका दुई जना सक्रिय क्याडरहरूलाई पक्राउ गरियो।

पहिलो कारबाहीमा सुरक्षा बलहरूले आरपीएफ/पीएलएका सक्रिय क्याडर थोकचोम डाइमण्ड मेइती उपनाम तमथौबा (27)-लाई पक्राउ गरे। काकचिङ्ग जिल्लाको सेरौ बजार अवाङ्ग लैकाई निवासी तमथौबालाई इम्फाल पश्चिम जिल्लाको सगोलबन्द खुराइजाम लैकाई क्षेत्रबाट पक्राउ गरिएको हो।

यसरी नै दोस्रो कारबाहीमा सुरक्षा बलहरूले केसीपी (पीडब्ल्यूजी)- का सक्रिय क्याडर मोइरङ्गथेम रमेश सिंह उपनाम लिङ्गाकपा (29)-लाई पक्राउ गरे। को गिरफ्तार किया। मोइरङ्ग खुनौ ब्लक लामखाई क्षेत्रबाट पक्राउ गरिएको रमेश बिष्णुपुर जिल्लाको मोइरङ्ग खुनौ माखा लैकाई निवासी रहेको बताइएको छ।

सुरक्षा बलहरूले दुवै मामिलामा अग्रिम कानूनी कारबाही एवं जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande