
मेदिनीपुर, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना क्षेत्रस्थित सोनाकनिया 41 नम्बर रेलवे फाटकको छेउमा शनिवार बिहान ट्रेनको चपेटमा परी एकजना मानिसको मृत्यु भयो। मृतकको पहिचान सुकुमार पयड़ाको रूपमा भएको छ जो मोहनपुरको गोबराचक क्षेत्रका निवासी थिए।
प्रत्यक्षदर्शीहरू अनुसार शनिवार बिहान कुनै एउटा ट्रेनको चपेटमा परेर सुकुमार गम्भीर रूपमा घाइते भए। दुर्घटनापछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे, तर अस्पताल लैजान अगावै तिनको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना रेल अधिकारीहरूलाई फोनमा दिइयो। सूचना पाएर तत्कालै रेल पुलिसकर्मीहरू घटनास्थलमा पुगे। पुलिसले मृतकको पहिचान सुनिश्चित गर्नका साथै दुर्घटनाको कारण जाँच गर्ने निर्देश दियो। दुर्घटना कुन परिस्थितिमा भयो, त्यसको जाँच गरिँदैछ।
रेल सूत्र अनुसार मृत्युको सही कारण पत्तो लगाउनको लागि शवलाई पोस्टमर्टम ग्रनको लागि पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा