छात्रासित दुर्व्यवहार गरेको आरोपमा एकजना सरकारी स्कूलका शिक्षक तत्काल निलम्बित
छात्रासित दुर्व्यवहार गरेको आरोपमा एकजना सरकारी स्कूलका शिक्षक तत्काल निलम्बित


जम्मू, 16 सेप्टेम्बर (हि.स.)। जम्मू सम्भागको रामबन जिल्लामा एकजना छात्रासित दुर्व्यवहार गरेको आरोपमा एकजना सरकारी स्कूलका शिक्षकलाई तत्काल निलम्बित गरिएको छ।

अधिकारीहरूले बताए, गत 14 सेप्टेम्बरमा गठित एक जाँच समितिद्वारा प्रस्तुत औपचारिक रिपोर्टपछि जोन गुलको सरकारी हाई स्कूल हारोगेमा तैनाथ रईज अहमदविरूद्ध यो कारबाही गरिएको हो। स्कूलमा शिक्षकद्वारा दुर्व्यवहार गरिएको आऱोप लगाउने एकजना छात्राको सिकायतपछि अधिकारीहरूले जाँच गर्ने आदेस दिएका थिए।

रामबनका मुख्य शिक्षा अधिकारीद्वारा जारी आदेश अनुसार शिक्षकलाई जम्मू र कश्मीर सिभिल सेवा (वर्गीकरण, नियन्त्रण औ अपील) नियम, 1956- को नियम 31 अन्तर्गत निलम्बित गरिएको हो।

निलम्बन अवधि आरोपी शिक्षक अहमद जोन खारीको सरकारी प्राथमिक स्कूल भट्टासित जोड़िरहनेछन्।अधिकारीहरूले बताए, जाँचको निष्कर्षको आधारमा अग्रिम प्रशासनिक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande