नेपालमा मातृत्व बिदा ९० दिनबाट बढाएर ६ महिना बनाउने तयारी, बुबालाई ४२ दिन बिदाको प्रस्ताव
संसद में सम्झौता पेश करती कानून मंत्री साेविता गौतम


काठमाडौं,, १६ सेप्टेम्बर (हि.स.)। नेपाल सरकारले मातृत्व तथा पितृत्व बिदाको अवधि बढाउने तयारी गरेको छ। प्रस्तावअनुसार, आमाले पाउँदै आएको ९० दिनको मातृत्व बिदालाई बढाएर ६ महिना पुर्‍याइनेछ। त्यस्तै, बाबुका लागि हाल कायम १५ दिनको बिदालाई बढाएर ४२ दिन पुर्‍याउने प्रस्ताव गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०१८ मा संशोधनका लागि विधेयक तयार गरिएको छ। अब मन्त्रालयले उक्त विधेयक मन्त्रिपरिषद्मार्फत संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिनाको पारिश्रमिकसहित मातृत्व बिदा र बाबुलाई ४२ दिनसम्म पारिश्रमिकसहित प्रसूति हेरचाह बिदा दिने व्यवस्था गरिएको छ। मन्त्री गौतमले सुरक्षित मातृत्व तथा अभिभावकत्वका सन्दर्भमा यो महत्वपूर्ण नीतिगत परिवर्तन हुने बताइन्।

मन्त्रालयका अनुसार, व्यस्त जीवनशैली, कामको बढ्दो दबाउ तथा बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार अहिले एक वा दुई सन्तानमा सीमित भइरहेका छन्। यस्तो अवस्थामा आमाबुबालाई नवजात शिशु तथा परिवारसँग पर्याप्त समय बिताउन सक्ने वातावरण बनाउने उद्देश्यले उक्त प्रस्ताव ल्याइएको हो।

मन्त्री सोविता गौतमले मातृत्व जीवनमा एक वा दुई पटक मात्र आउने विशेष समय भएको बताउँदै यस अवधिमा आमाबुबालाई नवजात शिशु तथा परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारीसमेत भएको बताइन्। उनले बच्चालाई जन्म दिनु आमासँग सम्बन्धित प्राकृतिक प्रक्रिया भए पनि बच्चाको पालनपोषण केवल आमाको जिम्मेवारी नभई आमाबुबा दुवैको साझा जिम्मेवारी भएको बताइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande