बिमलको निम्तोमा मुख्यमन्त्री शुभेन्दु अधिकारी 7 अक्टोबरमा दार्जिलिङ आउने
बिमलको निम्तोमा मुख्यमन्त्री शुभेन्दु अधिकारी 7 अक्टोबरमा दार्जिलिङ आउने


दार्जिलिङ, 23 सेप्टेम्बर (हि. स.)। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का सुप्रीमो बिमल गुरुङको निमन्त्रणमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी आगामी 7 अक्टोबरको दिन दार्जिलिङ आइरहेका छन्। त्यस दिन मुख्यमन्त्री मोर्चाको स्थापना दिवस समारोहमा सामेल हुनेछन्। जलपाईगुड़ीको चालसामा मुख्यमन्त्रीसित भएको भेटमा बिमल गुरूङ र रोशन गिरीले उनलाई कार्यक्रमको औपचारिक निमन्त्रणा सुम्पिएका छन्।

बुधवार एक कार्यक्रम अवधि बिमल गुरूङले भने, मुख्यमन्त्रीले मोर्चाको स्थापना दिवस समारोहमा सामेल हुने सहमति पहिलाबाटै दिएका थिए। तथापि मङ्गलवार उनलाई औपचारिक रूपमा निमन्त्रण पत्र पनि सुम्पिइएको छ।

यता मुख्यमन्त्रीले मदारीहाटको हलोङ्ग गेटमा पत्रकारहरूसित कुराकानी गर्दै भने, गोर्खा जनमुक्ति मोर्चा उनको राजनीतिक सहयोगी हो, त्यसैले उनी आगामी सात अक्टोबरको दिन दार्जिलिङमा गएर स्थापना दिवस कार्यक्रममा सामेल हुनेछन्। उनीसित केन्द्रिय मन्त्री भूपेन्द्र यादव पनि दार्जीलिङ जाने सम्भावना व्यक्त गरिएको छ।

गोर्खा जनमुक्ति मोर्चाको स्थापना 7 अक्टोबर, 2007 मा बिमल गुरूङको नेतृत्वमा भएको थियो। यस वर्ष पार्टीले आफ्नो स्थापना दिवस दार्जीलिङको सेन्ट जोसेफ स्कूल (नर्थ पोइन्ट) को मैदानमा आयोजना गर्ने तयारी गरिरहेको छ।

मुख्यमन्त्रीले पहाड़को विकासको सन्दर्भमा भने, पछिल्लो सरकारले पहाड़को विकासको लागि 6 करोड़ रुपियाँ दिएको थियो भने अब उनको सरकारले पाँच महिनामा 313करोड़ रुपियाँ दिएको छ। उनले 7 अक्टोबरकै दिन कालेबुङ जाने कुरा पनि गरे। त्यसैले मुख्यमन्त्री एकै दिनमा दार्जिलिङ र कालेबुङको कार्यक्रममा सामेल हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande