
गुवाहाटी, 24 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहिवार भने, राज्य पशुधनका तीन महत्वपूर्ण क्षेत्रहरूमा निरन्तर अग्रस्र भइरहेको छ। उनले भने, यस दिशामा किसान एवं उत्पादकहरूद्वारा दिइएको महत्वले असमको अर्थव्यवस्थामा ठूलो योगदान दिरहेको छ।
मुख्यमन्त्रीले सोशल मिडियामा साझा एउटा पोस्टमा भने, किसान अनि पशुधन क्षेत्रसित जोड़िएका उत्पादहरूको सक्रिय सहभागिताले राज्यले यस क्षेत्रमा प्रगति गरिरहेको छ। उनले भने, किसान र उत्पादकहरूको सहयोग अनि उनीहरूको बढ़्दो सहभागिताले सरकारलाई पनि यस दिशामा अझ् प्रोत्साहित गरिरहेको छ।
हिमन्त बिस्व सरमाले भने, “यस सहयोगलाई देखेर हाम्रो सरकार पनि प्रोत्साहित भएको छ।” उनले आफ्नो पोस्टसितै पशुधन क्षेत्रका तीन महत्वपूर्ण खण्डहरूमा भएको प्रगतिलाई पनि दर्शाउने जानकारी साझा गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा