
सिलगढ़ी, 24 सेप्टेम्बर (हि.स.)। चुनाउ प्रक्रिया एवं मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआइआर)-लाई लिएर देशमा जारी राजनीतिक विवाद भइरहेको अवस्थामा दार्जीलिङ जिल्ला कङ्ग्रेसले बिहीवार सिलगढ़ीको हाशमी चौकमा विरोध प्रदर्शन गऱ्यो।
प्रदर्शनमा कङ्ग्रेस कार्यकर्ताहरूले मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारको राजीनामा र पक्राउको माग गर्दै उनको पुतला दहन गरे। यो प्रदर्शन यस्तो समयमा भएको छ जतिबेला चुनाउ आयोगभित्र एसआईआर र मतदातासूचीसित सम्बन्धित केही फसेलाहरूलाई लिएर दुई जना चुनाउ आयुक्तहरूले आपत्ति जनाएको रिपोर्ट सार्वजनिक भएको छ।
विपक्षी दलहरूले यस सम्बन्धमा चुनाउ आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाइरहेका छन्। तथापि चुनाउ आयोगले भनेको छ, बहु-सदस्यीय संस्थामा अलग-अलग मत र टिप्पणीहरू आन्तरिक विचार-विमर्शको अङ्ग हो र आयोगको हालैको फसेला सर्वसम्मतिले लिइएको हो।
प्रदर्शन अवधि दार्जीलिङ जिल्ला युवा कङ्ग्रेसका अध्यक्ष रोहित तिवारीले केन्द्र सरकार अनि चुनाउ आयोगलाई लक्षित गर्दै आरोप लगाए, एसआईआरको माध्यमबाट पश्चिम बङ्गालमा ठूलो सङ्ख्यामा मतदाताहरूको नाम हटाइएको छ। उनले माग गरे, एसआईआर लागू हुनअघिको मूल मतदाता सूचीको आधारमा राज्यमा पुन- स्वतन्त्र र निष्पक्ष चुनाउ गराइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा