असमका चिया श्रमिकहरूलाई 20 प्रतिशत पूजा बोनस, सरकारी कर्मचारीहरूलाई अतिरिक्त छुट्टी
असमका चिया श्रमिकहरूलाई 20 प्रतिशत पूजा बोनस, सरकारी कर्मचारीहरूलाई अतिरिक्त छुट्टी


गुवाहाटी, 24 सेप्टेम्बर (हि.स.)। असम सरकारले राज्य सरकारको स्वामित्वमा रहेको असम टी कर्पोरेशन लिमिटेड (एटीसीएल) का चिया बगानहरूमा कार्यरत श्रमिकलाई दुर्गा पूजाको अवसरमा 20 प्रतिशत बोनस दिने फसेला लिएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार क्याबिनेट बैठकपछि यस आशयको जानकारी गराए।

मुख्यमन्त्रीले भने, 24 सेप्टेम्बरमा भएको क्याबिनेट बैठकमा सो निर्णय लिइएको छ। यसको साथै एटीसीएलका चिया बगानहरूका श्रमिकहरूलाई पनि राज्यका ती अधिकांश चिया बगानहरूका कर्मचारीहरू समान बोनस दिइनेछ जहाँ प्रबन्धनले पहिला नै 20 प्रतिशत बोनस दिने घोषणा गरिसकेको छ।

डा. सरमाले भने, “राज्यका 807 चिया बगानहरूमध्ये 548-ले पहिला नै 20 प्रतिशत बोनस दिने घोषणा गरिसकेका छन् भने अब हामीले एटीसीएलका बगानहरूको लागि पनि यही फसेला गरेका छौं।” मुख्यमन्त्रीले राज्यका रहल चिया बगान प्रबन्धनहरूलाई पनि दुर्गा पूजालाई मध्यनजर गर्दै श्रमिकहरूलाई 20 प्रतिशत बोनस दिने अपील गरे।

क्याबिनेटले राज्य सरकारका कर्मचारीहरूको लागि दुर्गा पूजाको निम्ति अतिरिक्त एक दिनको अवकाशलाई स्वीकृति दियो। 17 अक्टोबरको दिनलाई अतिरिक्त छुट्टी घोषित गरिनेछ जसबाट पूजा अवकास 17 अक्टोबरदेखि 20 अक्टोबरसम्म रहनेछ।

डा. सरमाले बताए, यस वर्ष, पूजाको अवधिमा एक दिन आइतवार परेको कारणले सामान्य तीन दिवसीय अवकाश कम हुन्छ जसलाई ध्यानमा राखेर अतिरिक्त एक दिन छुट्टी दिने निर्णय लिइएको छ। मुख्यमन्त्रीले यो पनि भने, सरकारले आगामी वर्षको अप्रेल महिनामा रङ्गाली बिहूमा अरूणोदय योजनाका लाभार्थीहरूको लागि यसरी नै विशेष आवन्टनको घोषणा गर्ने योजना बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande