
कुचबिहार, 24 सेप्टेम्बर (हि.स.)। गोपनीय जानकारी कथित रूपमा बाहिर पुऱ्याएको आरोपमा कुचबिहार कोतवाली थाना पुलिसले अदालत परिसरबाट एकजना सिभिक भोलन्टियरलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान सलिम रब्बानीको रूपमा भएको छ जसले पछिल्लो लामो समयदेखिकै अदालतको ड्यूटी गरिरहेको थियो। बिहीवार कड़ा सुरक्षाबीच आरोपी सिभिक भोलन्टियरलाई कुचबिहार अदालतमा पेश गरियो।
पुलिस सूत्र अनुसार गए बुधवार राती सलिम रब्बानीलाई अदालत परिसरबाटै हिरासतमा लिएर कोतवाली थानामा ल्याइयो। यहाँ जिल्ला पुलिस अधीक्षक मनीष जोशी र अतिरिक्त पुलिस अधीक्षक रिकी अग्रवाल समेत वरिष्ठ अधिकारीहरूले उसित जाँचबुझ गरे। त्यसपछि सलिममाथि कथित रूपमा गोपनीय जानकारी लीक गरेको आरोपमा मामिला दर्ता गरी अबेर राती पक्राउ गरियो।
पुलिस मुताविक अहिले यो स्पष्ट हुन सकेको छैन कि कुन किसिमको गोपनीय जानकारी कथित रूपमा बाहिर पुऱ्याएको थियो। मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा