
कोलकाता , 24 सेप्टेम्बर (हि. स.)। दुर्गा पूजा जति-जति नजिकिँदै गइरहेको छ, उति-उति बङ्गालीहरूमा उत्साह पनि बढ़्दै गइरहेको छ। बङ्गालको सबैभन्दा ठूलो उत्सव दुर्गा पूजाको पूर्ण आनन्द लिनका लागि मानिसहरू तयार छन्। मुख्यमन्त्रीले बिहीवार कोलकातामा पत्रकारहरूसित बातचित गर्दै भने, यसपालि दुर्गा पूजापछि कुनै कार्निभल हुनेछैन जबकि दुर्गा पूजाको उद्घाटनको अवसरमा मेगा आयोजन गरिनेछ। उनले भने, बाँकुड़ा, विष्णुपुर, नन्दीग्राम, सिलगढ़ी, दुर्गापुर औ बहरमपुरमा यो सांस्कृतिक यात्रा हुनेछ। त्यसपछि पञ्चमीको दिन दिघामा सबैभन्दा ठूलो कार्यक्रम आयोजना गरिनेछ जसमा नामी कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
प्राप्त जानकारी अनुसार कोलकाताको आकाशमा एकसाथ तीन हजार ड्रोन देखिनेछ। यी ड्रोनहरूको माध्यमबाट प्रकाशका बिन्दुहरूले माँ दुर्गाको आकृति बनाइेछ। त्यसपछि दुर्गा पूजाको आह्वानसित सम्बन्धित विभिन्न क्षणहरूलाई प्रस्तुत गरिनेछ। महालयदेखि अष्टमीसम्मै मेगा शो आयोजन गरिनेछ। तथापि यसपालि पूजाको आयोजन कोलकातासम्म मात्र सीमित रहनेछैन। सारा राज्यभरि नै यसलाई मनाउने पहल गरिएको छ।
नवान्न सूत्र अनुसार देवी दुर्गाको आराधना बङ्गालको लोक संस्कृति औ उत्सवको मेलबाट गरिनेछ। यसको साथै विशेष सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजन गरिनेछ जसको नाम हुनेछ- ‘ट्रिब्यूट माँ टूर’। पाँच वटा स्थानहरूमा दुई-दुई दिनसम्म सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा