
खरसाङ, 25 सेप्टेम्बर (हि.स.)। दुधेको बालासन खोलामा निर्माण गरिएको मालवाहक गाडीहरु कुद्ने पुललाई रातभरि परेको पानीले क्षतिग्रस्त बनाएको छ। मिरिक ट्रक ड्राइभर वेलफेयर एसोसिएशनले केही दिन अघि मात्रै दुधेको बालसन खाेलामा मालवाहक वाहनहरु कुद्न निर्माण गरेकाे अस्थायी पूल रातभरिकाे पानीले क्षतिग्रस्त बनाएकाे जानकारी प्राप्त भएको छ।
उक्त अस्थायी पूल भत्किएपछि मालवाहक वाहनहरूकाे आवात जावत ठप्प भएकाे छ। यद्यपि भारतीय सेनाद्वारा निर्माण गरिएकाे बेली ब्रीजबाट मिरिक सिलगढी यातायात भने सुचारू रहेकाे बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक