
खड़गपुर, 26 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरस्थित हाथीहलका क्षेत्रमा शनिवार बिहान एकजना भाजपा कार्यकर्ताको कुटेर हत्या गरेको आऱोप उठेको छ। मृतकको पहिचान समशेर विश्वास (32)-को रूपमा भएको छ। घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। कोतवाली थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ। भाजपाले आरोपीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग ग रेको छ।
पुलिस र स्थानीय मानिसहरू अनुसार शनिवार बिहान समशेर आफ्नो भाञ्जासित हाथीहलकाको कदमतला बजारमा चिया पिउन गएका थिए। उनको साथमा भाजपाका केही कार्यकर्ताहरू पनि थिए। सबैले चिया पसलमा बसेर बातचित गरिरहेका थिए। यसै अवधि लट्ठी र रड लिएर एउटा समूहले अचानक उनीहरूमाथि हमला गऱ्यो। आरोप छ, हमलाकारीहरूले पहिला समशेरलाई घेरे, त्यसपछि तिनलाई चिया पसलबाट तानेर सड़कमा ल्याए।
मामालाई बचाउनको लागि जाफर अगाड़ि गए। भाजपा कार्यकर्ताहरू पनि उनलाई बचाउन पुगे, तर हमलाकारीहरूले उनीहरूमाथि पनि कुटपिट गर्न शुरू गरे। त्यसपछि उनीहरू डराएर त्यहाँबाट भागे। सीसीटीभी फुटेजमा सड़कबीचमा समशेरलाई घेरेर 15-20 जना मानिसहरूले कुट्दै गरेको देखिएको छ। कतिपय मानिसहरूले तिनलाई ढुङ्गाले हानेको पनि देख्न सकिन्छ। वरपरका मानिसहरू पनि डराएर भाग्दै गरेको फुटेजमा देख्न सकिन्छ।
आरोप छ, लगभग आधा घण्टासम्म समशेरलाई कुटे। गम्भीर रूपमा घाइते तथा रगताम्मे अवस्थामा तिनी घटनास्थलमै मुर्छित परे। त्यैमाथि तिनलाई चक्कुले प्रहार गरिएको आरोप छ। हमलाकारीहरू गएपछि स्थानीय मानिसहरूले समशेरलाई गम्भीर अवस्थामा मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
घटनापछि क्षेत्रमा तनाउ फैलियो। स्थितिलाई नियन्त्रण गर्नको लागि हाथीहलका र वरपरका क्षेत्रहरूबाट ठूलो सङ्ख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।
घटनालाई लिएर राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला पनि शुरू भएको छ। भाजपाको एउटा वर्गले हमलाको पछाड़ि पार्टीको पुराना र नयाँ कार्यकर्ताहरूबीच विवाद रहेको आरोप लगाएको छ। खड़गपुर-तीन ग्रामीण मण्डलका भाजपा अध्यक्ष सन्दीप करणले भने, समशेर लामो समयदेखिकै भाजपा कार्यकर्ता थिए। हमलाकारीहरू नयाँ भाजपा कार्यकर्ता वा तृणमूल कङ्ग्रेससित सम्बन्धित मानिसहरू हुनसक्छ।
कोतवाली थानाका आईसी दीपङ्कर दासले बताए, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। मामिलाको जाँच भइरहेको छ।सीसीटीभी फुटेजको जाँच गरी आरोपीहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा