
गुवाहाटी, 26 सेप्टेम्बर (हि.स.)। गुवाहाटी पुलिसले गौहाटी विश्वविद्यालयकी 21 वर्षीय समाजशास्त्रकी छात्रा निमिषा ठाकुरियाको मृत्यु मामिलामा उसको प्रेमी आशिक अलीलाई पक्राउ गरेको छ।
धारापुर निवासी निमिषालाई गत शुक्रवार अबेर राती गुवाहाटीको गरचुक-धारापुर क्षेत्रस्थित रुद्राज किचन होमस्टेमा मृत पाइएको थियो।
जानकारी अनुसार निमिषा राती लगभग 11 बजे आफ्नो एकजना साथीसित होमस्टे जानको लागि घरबाट हिँड़ेकी थिइन्। राती उसले आफ्नी आमालाई फोन गरेर कथित रूपमा बताइन्, उसको साथीले उमाथि कुटपिट गरिरहेको छ। यसको केही क्षणपछि फोन काटियो र उसको मोबाइल बन्द भयो।
छोरीसित सम्पर्क नभएको कारणले चिन्तित परिवारले तुरून्तै आजारा पुलिसलाई यसको सूचना दियो। पुलिसले खोजी कार्य शुरू गऱ्यो। यसै क्रममा होमस्टेमा निमिषाको शव भेटियो। स्थानीय मानिसहरू अनुसार होमस्टेमा राती छात्रा चिच्याएको आवाज सुनिएको थियो।
पुलिसले मृत्युको वास्तविक कारण पत्तो लगाउनको लागि शवलाई पोस्टमर्टम गर्न गौहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच) पठाइदिएको छ। पुलिसले मामिलासित सम्बन्धित घटनाक्रम र कथित कुटपिटको परिस्थितिको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा