जङ्गली हात्तीको हमलामा पिता र सात वर्षीय छोरीको मृत्यु
जङ्गली हात्तीको हमलामा पिता र सात वर्षीय छोरीको मृत्यु


डिब्रुगढ़ (असम), 26 सेप्टेम्बर (हि.स.)। असमको डिब्रुगढ़ जिल्ला अधिनस्थ जयपुरस्थित नामचाङ्ग चिया बगानको पूबेरुण बस्तीमा जङ्गली हात्तीहरूको हमलामा परी एउटै परिवारका दुई जनासदस्यहरूको मृत्यु भयो। मृतकहरूको पहिचान रमेन ताँती र तिनकी सात वर्षीयछोरी रश्मि ताँतीको रूपमा भएको छ।

जानकारी अनुसार शनिवार बिहान सवेरै जङ्गली हात्तीहरूको बथानले अचानक रमेन ताँतीको घरमा हमला गऱ्यो। यस हमलामा घरलाई पनि व्यापक क्षति पुगेको छ। ज्यान बचाउनको लागि रमेन आफ्नी सात वर्षीय छोरीलाई लिएर सुरक्षित स्थान तर्फ भागे, तर हात्तीहरूले उनीहरूलाई पछ्याएर हमला गरे जसमा दुवैको मृत्यु भयो।

घटनामा रमेनकी पत्नी र तिनकी अर्की छोरी भने भाग्यले बचे। घटनापछि क्षेत्रमा शोकसँगसँगै आक्रोश पनि छाएको छ। स्थानीय मानिसहरूको आरोप छ, यस्तो भयानक घटना घट्दा पनि वन विभागका कर्मचारीहरू घटनास्थलमा समयमा आएनन्। ग्रामीणहरूले क्षेत्रमा बढ़्दो मानव-हात्ती सङ्घर्षलाई रोक्नको लागि तत्कालै प्रभावकारी कदम उठाउने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande