आज ब्याङ्क खुल्ला रहने, ग्राहकहरूलाई आवश्यक कारबार पूरा गर्न आग्रह
सांकेतिक।


नयाँ दिल्ली, २७ सेप्टेम्बर (हि.स.)। ब्याङ्क कर्मचारी संघहरूले २८ सेप्टेम्बरदेखि तीनदिने देशव्यापी हडतालको आह्वान गरेपछि सरकारले आइतबार सार्वजनिक क्षेत्रका ब्याङ्क तथा पुराना निजी ब्याङ्कका शाखाहरू खोल्न निर्देशन दिएको छ। ग्राहकलाई हडताल शुरु हुनुअघि आवश्यक ब्याङ्क सम्बन्धित कारबार पूरा गर्न आग्रह गरिएको छ।

ब्याङ्क कर्मचारी संघहरूले पाँचदिने ब्याङ्किङ कार्यसाता लागू गर्नुपर्ने, पेन्सन सुधारलगायत कर्मचारी कल्याणसम्बन्धी माग राख्दै आन्दोलनको आह्वान गरेका हुन्। युनाइटेड फोरम अफ ब्याङ्क युनियन्सका अनुसार, यसले देशका करिब ९० प्रतिशत ब्याङ्क कर्मचारीको प्रतिनिधित्व गर्छ।

भारतीय स्टेट ब्याङ्कले ग्राहकहरूलाई महत्वपूर्ण काम पहिले नै पूरा गर्न तथा योनो, इन्टरनेट ब्याङ्किङ, मोबाइल ब्याङ्किङ, यूपीआई, एटीएम र नगद जम्मा गर्ने मेसिनजस्ता डिजिटल सेवाको प्रयोग गर्न सुझाउ दिएको छ।

ब्याङ्क अफ इन्डियाले पनि ग्राहकहरूलाई डिजिटल सेवा तथा चौबीसै घण्टा उपलब्ध हुने ब्याङ्किङ माध्यम प्रयोग गर्न आग्रह गरेको छ। आईसीआईसीआई ब्याङ्क, एचडीएफसी ब्याङ्क, एक्सिस ब्याङ्क र इन्डसइन्ड ब्याङ्कजस्ता नयाँ निजी ब्याङ्क भने सामान्य रूपमा सञ्चालन हुन सक्ने बताइएको छ।

वित्त मन्त्रालयले ब्याङ्क कर्मचारी संगठनहरूलाई वार्तामार्फत बाँकी रहेका समस्या समाधान गर्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande