बेलडामा रेलगेट नजिकै असमका युवाको शव फेला
शव को ले जाते हुए पुलिसकर्मी


मेदिनीपुर, २८ सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलडामा सोमवार बिहान रेलगेट नजिकै नालाबाट एक युवकको शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। मृतकको पहिचान डेविड तिग्गाका रूपमा भएको छ। उनी असम निवासी रहेको बताइएको छ।

स्थानीय सूत्र अनुसार, डेविड एक आफन्त र दुई साथीहरूसँग हैदराबादबाट असम स्थित आफ्नो घर फर्किरहेका थिए। उनीहरू १५६४६ चार्ला पल्ली एक्सप्रेसमा यात्रा गरिरहेका थिए। साथमा रहेका आफन्त अनुसार, बेलडा रेलवे स्टेशन नजिक सशिन्दा २६ नम्बर रेलगेटमा डेविड अचानक चलिरहेको रेलबाट हाम फालेका थिए।

घटनापछि रेलका टिकट निरीक्षक र रेलवे पुलिसको सहयोगमा आफन्त तथा साथीहरूले राति नै वरपर उनको खोजी गरेका थिए। अँध्यारोका कारण लामो समयसम्म खोजी गर्दा पनि डेविड फेला परेनन्। त्यसपछि आफन्त र साथीहरूले खड़गपुर रेलवे पुलिसमा बेपत्ता भएको उजुरी दर्ता गराए।

सोमवार बिहान रेलवे पुलिसले खोजी गर्ने क्रममा सशिन्दा २६ नम्बर रेलगेट नजिकै नालाबाट डेविडको शव फेला पारे। पछि बेलडा थाना पुलिसले शव कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande