सातौँ कक्षाकी छात्राले दश तलाबाट हामफालेर गरिन् आत्महत्या, गणितमा नम्बर कम आएको थियो
प्रतीकात्मक छवि


गाजियाबाद, 28 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा गाजियाबादको थाना साहिबाबाद क्षेत्रमा अवस्थित एउटा सोसाइटीमा बस्ने एकजना सातौँ कक्षाकी छात्राले बितेको राती दशौं तलाबाट हामफालेर आत्महत्या गरिन्। ती छात्रा राजेन्द्र नगरको एउटा प्रतिष्ठित विद्यालयमा पढिरहेकी थिइन्। छात्राले आफ्नो व्यक्तिगत डायरीमा शिक्षिकाद्वारा प्रताड़ित गरिएको कुरा लेखेकी छन्। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

साहिबाबादका सहायक पुलिस आयुक्त अमित सक्सेनाले बताए, थाना साहिबाबाद क्षेत्रमा बस्ने सातौँ कक्षाकी छात्रा रितिका (12) ले हिजो राती आफ्नो सोसाइटीको दशौं तलाबाट हामफालेर आत्महत्या गरेकी छन्। अनुसन्धानका क्रममा पुलिसले थाहा पाएको छ कि छात्रा गत शनिवार राती घरबाट छिमेकीहरूको घरमा जाने कुरा गरेर घरबाट निस्केकी थिई। तर उसले दशौं तलामा पुगेर त्यहाँबाट हाम फाली। उनले बताए, पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृतकको परिवारका सदस्यहरूको भनाइ छ, हालैमा उसको विद्यालयमा इन्टरनल एग्जाम भएको थियो। सबै विद्यार्थीहरूलाई त्यसको प्रतिलिपि दिइएको थियो। छात्राले गणितमा 30 अङ्क प्राप्त गरेकी थिई। नम्बर देखेर उसले सहपाठीसित शिक्षकको अवस्था बिगारिदिने कुरा गरेकी थिई। उसले आफ्नो व्यक्तिगत डायरीको पनि उल्लेख गरेकी थिई। त्यसपछि परिवारले उसको डायरी जाँच गऱ्यो।

उनले अझ बताए, छात्राले आफ्नो स्कूलको एउटा डायरीलाई व्यक्तिगत डायरी बनाएकी थिई। उसले कसैलाई पनि डायरी पढ्न दिँदैन थिई। छात्राका पिता अनुसार छात्राले यसमा आफ्नो आत्मकथा लेखेकी थिई जसको एउटा पृष्ठमा उसले शिक्षकको उत्पीडनबारे लेखेका छे। एउटा पृष्ठ गणित शिक्षकको नाममा रहेको छ। डायरीमा लेखिएको छ, प्यारेन्ट्स मिटीङपूर्व उसलाई कमै मात्रामा प्रताड़ित गरिन्थ्यो भने परिवारले स्कूल प्रबन्धकसित सिकायत गरेदेखि यता उसलाई अधिक उत्पीड़्न गर्न थालेको थियो। छात्राको पिता अनुसार गणितमा मात्र उसको अङ्क कम आउँथ्यो। अन्य सबै विषयहरूमा 80 देखि 90 अङ्क आउँथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande