
जोधपुर, २९ सेप्टेम्बर (हि.स.)। जोधपुरको माता का थान स्थित बलदेव नगरमा बस्ने एक व्यक्तिसँग सोलर प्यानल बेच्ने नाममा २ लाख ३५ हजार रुपियाँ ठगी गरिएको छ। ठगहरूले रकम खातामा जम्मा गराएपछि फोन बन्द गरे। पीड़ितले यस विषयमा माता का थान पुलिस थानामा उजुरी दिएका छन्।
पुलिस अनुसार, बलदेव नगर ए–२६ निवासी मनोहर सिंह पुत्र कालूराम देवडाले उजुरी दिएका हुन्। उनले आफू फिजा खान र अभिषेक नाम गरेका व्यक्तिको सम्पर्कमा आएको बताएका छन्। उनीहरूले ‘सनरुफ इनर्जी सोनित प्राइभेट लिमिटेड’बाट सोलर प्यानल बेच्ने भन्दै उनलाई विश्वासमा लिए। उनीहरूको कुरामा परेर मनोहर सिंहले ७ सेप्टेम्बरमा उनीहरूले भनेअनुसार खातामा विभिन्न मदमा २ लाख ३५ हजार रुपियाँ जमा गरे। तर त्यसपछि ठगहरूले न सोलर प्यानल दिए, न त रकम फिर्ता गरे। उनीहरूले फोन समेत बन्द गरे।
माता का थान पुलिसले ठगी सम्बन्धी मुद्दा दर्ता गरी घटनाको अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी