असममा कङ्ग्रेसले राइजर दलसितको गठबन्धनलाई बिराम लगायो
असममा कङ्ग्रेसले राइजर दलसितको गठबन्धनलाई बिराम लगायो


गुवाहाटी, 03 सेप्टेम्बर (हि.स.)। कङ्ग्रेसले राइजर दलसितको आफ्नो गठबन्धनलाई औपचारिक रूपमा समाप्त गरेको छ। विपक्षका नेता वाजेद अली चौधरीले बिहीवार गठबन्धन भङ्ग भएको घोषणा गर्दै भने, राइजर दलले गठबन्धनको मर्यादा औ धर्मलाई भुलेर कङ्ग्रेसलाई तिरस्कार गरेको छ।

चौधरीले भने, राइजर दलले घरभित्र बसेर शत्रुता गर्नको सट्टा अब बाहिर खुल्ला रूपमा कङ्ग्रेसको विरोध गरोस्। उनले भने, त्यसैले आजदेखि राइजर दलसितको गठबन्धसित सम्बन्धित सबै औपचारिक सम्बन्धलाई समाप्त गरिएको छ। गठबन्धन भङ्ग भएपछि यो विपक्षका नेता वाजेद अली चौधरीको पहिलो प्रतिक्रिया हो।

यो घटनाक्रम दुई दलबीच मतभेदहरू भइरहेको समयमा भएको छ। हालैमा राइजर दलका नेता अखिल गोगोईले कङ्ग्रेसलाई भारतको “सबैभन्दा सड़िसकेको पार्टी” -को संज्ञा दिएका थिए। उनले कङ्ग्रेसलाई विश्वको “सबैभन्दा भ्रष्ट पार्टी” समेत भनेका थिेए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande