
गुवाहाटी, 03 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार राज्य खेल दिवसको अवसरमा राज्यका दिग्गज खेलाड़ी तथा अर्जुन पुरस्कारद्वारा समामानित भोगेश्वर बरुवा (86)- लाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भोगेश्वर बरुआलाई असम तथा पूर्वोत्तरका पहिलो अर्जुन पुरस्कार प्राप्तकर्ताको रूपमा स्मरण गर्दै नको खेल योगदानलाई नमन् गरे।
मुख्यमन्त्रीले भने, राज्यका युवाहरूलाी खेलप्रति प्रोत्साहित गर्न अनि असमको प्रत्येक क्षेत्रबाट खेल प्रतिभाहरूलाई अगाड़ि ल्याउन पनि सरकार निरन्तर प्रयासरत् छ।
उनले भने, असमका लवलिना बरगोहाईं, हिमा दास, नयनमणि सैकिया, रियान पराग औ उमा जस्ता खेल प्रतिभाहरूको सफलताको कथा आगामी दिनमा अझ बढ़ी देख्न पाइयोस्, यसको लागि सरकारले प्रतिबद्धता पूर्वक कार्य गरिरहनेछ।
स्मरण गराइन्छ, भोगेश्वर बरुआ भारतका पूर्व एथलीट, कोच औ मिलिट्री ड्राइभर हुन्। उनी असम एवं पूर्वोत्तर भारतबाट अर्जुन पुरस्कार पाउने पहिलो व्यक्ति हुन्। 1966 सालको एशियाली खेलहरूमा उनले 800 मीटर दौड़ 1:49.4 समयमा पूरा गरेर रेकर्ड बनाएका थिए। पछि उनले 1970 सालको एशियाली खेलहरूमा भारतीय 4 x 400 मीटर रिले टीमको सदस्यको रूपमा रजत पदक जिते जुन 3:11.9 समयमा पूरा गरेका थिए।
शिवसागरमा जन्मेका औ जयसागर तलाउको छेउमा हुर्के-बढ़ेका बरूआ 1960 सालमा भारतीय सेनाको इलेक्ट्रनिक्स एवं म्याकेनिकल इञ्जीनियर्स कोर (ईएमई)-मा ड्राइभरको रूपमा भर्ती भएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा