
सिलगढ़ी, 03 सेप्टेम्बर (हि. स.)। शहरको यातायात व्यवस्थालाई सर्वश्रेष्ठ बनाउने उद्देश्यले इस्टर्न बाइपासको गोरा मोड़ क्षेत्रमा नयाँ ट्राफिक बूथशुरू गरियो। बिहीवार डीसीपी ट्राफिक काजी शमसुद्दीन अहमतले रिबन काटेर उक्त बूथको उद्घाटन गरे। यस अवसरमा एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा, एसीपी चन्दन दास समेत पुलिसका केही अधिकारीहरू उपस्थित थिए।
उद्घाटनीकय कार्यक्रममा टोटो चालकहरूलाई ट्राफिक नियमहरू पालन गर्नका लागि जागरूक बनाइयो साथै उनीहरूलाई चकलेटको प्याकेट पनि प्रदान गरियो। गोरा मोड़मा दिनहुँ ठूलो सङ्ख्यामा वाहनहरू ओहोर-दोहोर गर्दछन्। अब नयाँ ट्राफिक बूथ उद्घाटन हुनाले जाम नियन्त्रण, यातायात निगरानी औ सड़क सुरक्षालाई मजबुत बनाउनमा सहयोग प्राप्त हुनेछ।
पुलिसको मान्यता छ, कुनै पनि ट्राफिक समस्या वा जामको स्थितिमा नयाँ बूथको माध्यमबाट घटनास्थलमा चाँड़ै कारबाही गर्नु सहज हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा