लाखौंको लागतमा तीन वटा सड़कको निर्माण कार्य आरम्भ
लाखौंको लागतमा तीन वटा सड़कको निर्माण कार्य आरम्भ


सिलगढ़ी, 03 सेप्टेम्बर (हि. स.)। फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको पुटीमारी क्षेत्रमा बिहीवार तीन वटा सीसी (सीमेन्ट-कङ्क्रीट) सड़कहरूको निर्माण कार्य आरम्भ गरियो। डाबग्राम-फूलबाड़ी एक नम्बर मण्डलको नेतृत्वमा आयोजित कार्यक्रममा ग्राम पञ्चायत सदस्य औ कार्यकर्ताहरू उपस्थित थिए।

स्थानीय मानिसहरूले बताए मुताविक पछिल्लो लामो समयदेखिकै बर्खा याममा सड़कमा पानी जमिन्थ्यो जसले गर्दा मानिसहरूलाई आवागमन गर्न असुविधा हुन्थ्यो। अब नयाँ सड़कको निर्माण कार्य शुरू भएकोले स्थानीय मानिसहरू हर्षित भएका छन्। लगभग 03 लाख 88 हजार रुपियाँको लागतमा तीन वटा सड़कहरू निर्माण गरिनेछ।

डाबग्राम-फूलबाड़ी एक नम्बर मण्डल अध्यक्ष राहुल बर्मनले भने, पुटामारीको यो क्षेत्र मुख्य रूपमा मुस्लिम बहुल क्षेत्र हो। उनले भने, विकास कार्यमा पार्टी वा धर्मको आधारमा भेदभाव गरिनेछैन। मानिसहरूको आवश्यकता अनुसार विकासलाी प्राथमिकता दिइनेछ। उनले भने, आगामी दिनमा फूलबाड़ी अञ्चल सहित विभिन्न क्षेत्रहरूमा पनि केही विकास कार्यहरू गरिनेछ। सड़क निर्माण भइरहेकोले स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande