नगाउँका पूर्व जिल्ला आयुक्त देवाशिष शर्मा चाँड़ै भाजपामा सामेल हुने
नगाउँका पूर्व जिल्ला आयुक्त देवाशिष शर्मा चाँड़ै भाजपामा सामेल हुने


नगाउँ (असम), 05 सेप्टेम्बर (हि.स.)। नगाउँका पूर्व आयुक्त एवं आईएएस अधिकारी देवाशिष शर्मा आगामी एक-दुई दिनभित्रमा भारतीय जनता पार्टी (भाजपा) मा सामेल हुने सम्भावना छ।बताइँदैछ, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाका कार्यहरूबाट प्रभावित भएर देवाशिष शर्मा भाजपामा सामेल हुन गइहेका छन्। भाजपाको पक्षबाट उनलाई पार्टीमा सामेल गराउनको लागि सम्पर्क गरिँदैछ।देवाशिष शर्माले भने, भाजपामा सामेल भएपछि यदि पार्टीले उनलाई नगाउँ लोकसभा सीटको उपचुनाउमा उम्मेद्वार बनायो भने निश्चित रूपमा उनले चुनाउ लड़्नेछन्।उल्लेखनीय छ, देवाशिष शर्माले गत बिहीवार सरकारी सेवाबाट स्वैच्छिक सेवानिवृत्ति लिएका थिए। उनी 16 जून, 2025-देकि नगाउँको आयुक्त पदमा कार्यरत् थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande