शहरपुरमा मोटरसाइकल सड़कदेखि तल झऱ्यो, तीन जना युवकहरूको मृत्यु
शहरपुरमा मोटरसाइकल सड़कदेखि तल झऱ्यो, तीन जना युवकहरूको मृत्यु


धर्मशाला, 05 सेप्टेम्बर (हि.स.)। काङ्गड़ा जिल्लाको शाहपुर विधानसभा क्षेत्रमा गए शुक्रवार अबेर राती भएको एक पीड़ादायी सड़क दुर्घटनामा तीन जना युवकहरूको मृत्यु भयो। यो दुर्घटना भलेड़ पावर हाउस नजिक अबेर राती त्यसबेला भएको हो जतिबेला मोटर साइकल सड़कदेखि तल झऱ्यो। मृतकहरूको पहिचान अशोक कुमार, प्रिन्स तथा पवन कुमारको रूपमा भएको छ भने यिनीहरू सबै दरिणी पञ्चायतको झुनेना गाउँका निवासी थिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मृतकहरूको शवलाई बाहिर निकालेर पोस्टमर्टम गर्नको लागि धर्मशाला अस्पतालमा पठाइदियो। यस हृदयविदारक घटनाका कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।

विधायक केवल सिंह पठानियाले शोक सन्तप्त परिवारसित भेट गरे-दुर्घटना भएको सूचना पाउनसाथ उपमुख्य सचेतक तथा शाहपुरका विधायक केवल सिंहं पठानिया सिभिल अस्पताल शाहपुरमा पुगे अनि शोक सन्तप्त परिवारसित भेट गरी उनीहरूलाई सान्त्वना दिए। उनले मृतकहरूका परिवारहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा हरसम्भव सहयोग गर्ने आश्वासन पनि दिए।विधायकले तीनै मृतकहरूको पोस्टमर्टमको सन्दर्भमा धर्मशालाका मुख्य चिकित्सा अधिकारीहरूसित दूरभाष मार्फत बातचित गरे भने शवहरूलाई धर्मशाला लैजानको लागि आवश्यक व्यवस्था पनि सुनिश्चित गरिदिए। नगर पञ्चायत शाहपुरका उपाध्यक्ष राजीव पटियाल, पार्षद अभिषेक माथुर, पूर्व पार्षद शुभम ठाकुर सहित अन्य स्थानीय मानिसहरूले पनि सिभिल अस्पताल शाहपुरमा पुगर शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरे। विधायक केवल सिंह पठानियाले ईश्वरसित दिवङ्गत आत्मालाई शान्ति प्रदान गर्न तथा शोकाकुल परिवारहरूलाई यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरून् भनी ईश्वरसित प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande