
भुवनेश्वर, 05 सेप्टेम्बर (हि.स.)। कङ्ग्रेसले ओडिशा प्रदेश कङ्ग्रेस कमिटीको लागि राजनीतिक मामिलाको समिति गठन गरेको छ। वरिष्ठ कङ्ग्रेस नेता लालजी देसाईलाई समितिको अध्यक्ष नियुक्त गरिएको छ। अखिल भारतीय कङ्ग्रेस कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी दिए।अखिल भारतीय कङ्ग्रेस कमिटीका महासचिव के.सी. वेणुगोपालद्वारा जारी बयान अनुसार समिति कङ्ग्रेस अध्यक्षको स्वीकृतिमा गठन गरिएको हो र यो तत्काल प्रभावी हुनेछ।समितिमा ओडिशा कङ्ग्रेसका केही वरिष्ठ नेताहरूलाई सामेल गरिएको छ जसमा भक्त चरण दास, रामचन्द्र काडाम, पूर्व मुख्यमन्त्री गिरिधर गमाङ्ग औ निरञ्जन पटनायक, जयदेव जेना, शरत पटनायक, प्रसाद हरिचन्दन, सप्तगिरी शङ्कर उलाका, रामचन्द्र खुँटिया, नरसिंह मिश्रा र श्रीकान्त जेना प्रमुख छन्।यस अतिरिक्त जगन्नाथ पटनायक, किशोर पटेल, अमरनाथ प्रधान, सुरेश राउतराय, नागेन्द्र प्रधान, पञ्चानन कानुनगो, शरत राउत, सरस्वती हेम्ब्रम, अनन्त प्रसाद सेठी, तारा प्रसाद बाहिनीपति, सी.एस. रजिन एक्का औ सन्तोष सिंह सलुजालाई पनि समितिको सदस्य बनाइएको छ। यस अतिरिक्त समितिमा देवाशिष पटनायक, शिवानन्द राय, बिस्वरञ्जन महान्ती, शशिमिता बेहरा र सिद्धार्थ स्वरूप दासलाई पनि सामेल गरिएको छ।ओडिशाका लागि नियुक्त एआईसीसी सचिव, प्रदेश महिला कङ्ग्रेस, प्रदेश युवा कङ्ग्रेस तथा एनएसयुआईका अध्यक्ष एवं राज्य सेवा दल प्रमुख समितिमा पदेन सदस्यका रूपमा सामेल हुनेछन्।कङ्ग्रेसले यो कदम ओडिशामा आफ्नो सङ्गठनात्मक ढाँचा एवं राजनीतिक समन्वयलाई मजबुत बनाउने उद्देश्यले उठाएको हो। व्यापक आधार भएको यस समितिमा पार्टीका वरिष्ठ नेताहरूसँगसँगै विभिन्न अग्रिमसङ्गठन अनि पार्टी एकाईहरूका प्रतिनिधिहरूलाई पनि सामेल गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा