
लखनऊ, 05 सेप्टेम्बर (हि.स.)। शिक्षक दिवसको अवसरमा मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशका सबै शिक्षक अनि गुरूजनहरूलाई शुभकामना दिएका छन्। मुख्यमन्त्रीले शनिवार आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेल्फी भिडियो साझा गर्दै उत्तर प्रदेशको प्राचीन ज्ञान परम्परालाई स्मरण गरे अनि आधुनिक शिक्षा व्यवस्थामा शिक्षकहरूको भूमिकालाई महत्वपूर्ण बताए।
मुख्यमन्त्री योगीले जारी बयानमा भने, प्रदेशको विशिष्ट ज्ञान परम्परालाई आधुनिक स्वरूपमा नयाँ पिँढ़ीसम्म पुऱ्याउने सबै गुरूजन तथा शिक्षकहरूलाई शिक्षक दिवसको हार्दिक बधाई दिन्छु।
उत्तर प्रदेश प्राचीन कालबाटै ज्ञान, साधना औ संस्कारहरूको पावन भूमि रहिआएको छ। काशीले विश्वलाई ज्ञानको प्रकाश दियो भने सारनाथमा भगवान बुद्धले आफ्नो प्रथम उपदेश दिएका थिए। अयोध्या, मथुरा-वृन्दावन र प्रयागराज पनि सनातन ज्ञान परम्पराको प्रमुख केन्द्र रहिआएको छ।
मुख्यमन्त्रीले शुकतिर्थ र नैमिषारण्यको ज्ञान परम्पराको उल्लेख गर्दै अघि भने, लगभग पाँच हजार वर्षपूर्व शुकतिर्थमा महर्षि शुकदेवले श्रीमद्भागवतको प्रथम वाचन गरेका थिए भने नैमिषारण्यमा 88 हजार ऋषिहरूको साधनाले भारतीय ज्ञान परम्परालाई समृद्ध तुल्याए। यसै भूमिबाट आयुर्वेद, अध्यात्म, दर्शन औ भारतीय ज्ञान-विज्ञानका महान परम्पराहरू विकसित भए।
योगीले भने, आज प्रदेशका शिक्षकहरूले यसै गौरवशाली ज्ञान परम्परालाई आधुनिक शिक्षा, तकनिक औ नवाचारसित जोड़ेर नयाँ पिँढ़ीको भविष्य गढ़िरहेका छन्। उनले शिक्षकहरूलाई अभिनन्दन गर्दै उनीहरूप्रति मङ्गलमय शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा