पश्चिम बङ्गालमा सक्रिय रहनेछ मनसुन, केही जिल्लाहरूमा वर्षा हुने सम्भावना
पश्चिम बङ्गालमा सक्रिय रहनेछ मनसुन, केही जिल्लाहरूमा वर्षा हुने सम्भावना


कोलकाता, 5 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा शनिवार मनसुन सक्रिय रहने सम्भावना छ। राज्यका दक्षिणी र उत्तरी भागहरूका अलग-अलग स्थानहरूमा वर्षा हुनसक्छ। केही जिल्लाहरूमा मेघ गर्जनसितै तीव्र हावा चल्नसक्छ। मौसम विभागले केही स्थानहरूमा घना वर्षा हुने चेताउनी पनि दिएको छ।

दक्षिण बङ्गालका हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, नदिया, पूर्व बर्धमान औ बीरभूममा मेघ गर्जनसितै पानी पर्नसक्छ भने कतिपय स्थानहरूमा 30-40 किलोमीट प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। बीरभूम, पश्चिम बर्धमान र मुर्शिदाबादमा वर्षाको गतिविधि अपेक्षाकृत अधिक रहने अनुमान छ।

पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा पनि शनिवार मेघ गर्जनसितै वर्षा अनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नेसम्भावना छ। मौसम विभागको जिल्लागत पूर्वानुमानमा यी जिल्लाहरूमा आज हुरी-बताससितै बिजुली चम्किने चेताउनी दिइएको छ। बाँकुड़ा, पुरुलिया, पश्चिम बर्धमान र पूर्व बर्धमानमा पनि बादल लाग्ने अनि केही स्थानहरूमा पानी पर्ने अनुमान छ। पानी परेको कारणले तापमान घटे पनि अधिक आद्रताको कारणले वातारण बाफिलै हुनेछ।

उत्तर बङ्गालमा वर्षाको प्रभाव अधिक रहने अनुमान लगाइएको छ। यहाँका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी र अलिपुरद्वारका कतिपय स्थानहरूमा वर्षा अनि कतिपय स्थानहरूमा घना वर्षा हुनसक्छ भने कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदामा पनि बादल लाग्नको साथै वर्षा हुने सम्भावना छ। पहाड़ी जिल्लाहरूमा निरन्तर पानी पर्ने, पैह्रो जानेर तल्लो क्षेत्रहरू जलमग्न हुने स्थिति उत्पन्न हुनसक्छ।

राज्यका प्रमुख स्थानहरूमा बिहानको तापमान र आद्रताको स्तर धेरै अधिक छ। मौसम विभागको वर्तमान आँकड़ा अनुसार कोलकातामा लगभग 27.6 डिग्री सेल्सियस तापमान र 90 प्रतिशत आद्रता, जलपाईगुड़ीमा 28.2 डिग्री सेल्सियस र 92 प्रतिशत आद्रता, मालदामा 27.2 डिग्री सेल्सियस र 90 प्रतिशत आद्रता, जबकि बाँकुड़ामा लगभग 27.2 डिग्री सेल्सियस र 94 प्रतिशत आद्रता दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande