
अली फजल र पंकज त्रिपाठी अभिनीत ‘मिर्जापुर: द मूवी’ ले प्रदर्शनमा आएदेखि नै बक्स अफिसमा आफ्नो पकड बलियो बनाएको छ। फिल्मले सप्ताहन्तमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वव्यापी रूपमा १०० करोड रुपियाँको आँकडा पार गरेको छ।
सैकनिल्कका अनुसार, फिल्मले आइतबार तेस्रो दिन ३६ करोड रुपियाँ कमाएको छ। यसअघि शनिबार ३२ करोड रुपियाँ र पहिलो दिन २५.७५ करोड रुपियाँको व्यापार गरेको थियो। यससँगै भारतमा फिल्मको नेट कलेक्सन ९३.७५ करोड रुपियाँ पुगेको छ भने भारतीय ग्रस कलेक्सन ११२.३५ करोड रुपियाँ पुगेको छ। विश्वव्यापी रूपमा फिल्मले हालसम्म १३२.३५ करोड रुपियाँ कमाइसकेको छ।
सप्ताहन्तमा भएको यो बलियो कमाइले ‘मिर्जापुर’ को लोकप्रियता ठूलो पर्दामा पनि दर्शकमाझ कायम रहेको स्पष्ट देखाएको छ। फिल्मले दर्शकबाट पाइरहेको राम्रो प्रतिक्रिया र फ्रेन्चाइजीको बलियो फ्यान फलोइङको फाइदा बक्स अफिसमा देखिएको छ। प्रदर्शनको शुरुवाती तीन दिनमै फिल्मले यसअघि नै हलमा प्रदर्शन भइरहेका धेरै फिल्मलाई पछि पार्दै आफ्नो स्थिति बलियो बनाएको छ।
अर्कोतर्फ, यश अभिनीत ‘टक्सिक’ को गति सप्ताहन्तमा पनि सुस्त रहेको छ। फिल्मले १२औँ दिन २.४२ करोड रुपियाँ कमाएको छ। यससँगै भारतमा यसको नेट कलेक्सन २४५.७५ करोड रुपियाँ पुगेको छ। विश्वव्यापी रूपमा फिल्मको कमाइ हालसम्म ३३७.८० करोड रुपियाँ रहेको बताइएको छ, जुन यसको कथित ५०० करोड रुपियाँको बजेटभन्दा निकै कम हो।
अर्कातिर, ‘हनुमान अंश’ ले प्रदर्शनको ३१औँ दिन २२.७५ करोड रुपियाँ कमाएको छ। यससँगै फिल्मको कुल कलेक्सन १२२.१३ करोड रुपियाँ पुगेको छ।
हिन्दुस्थान समाचार / बिशाल