बनगाउँ अस्पतालको द्वारमा वृद्धाको मृत्यु, आधार कार्ड नभएकै कारणले भर्ती नलिएको आरोप
बनगाउँ अस्पतालको द्वारमा वृद्धाको मृत्यु, आधार कार्ड नभएकै कारणले भर्ती नलिएको आरोप


बनगाउँ, 08 सेप्टेम्बर (हि.स.)। अस्वस्थ वृद्धालाई आपातकालीन विभागमा चिकित्सकीय जाँचपछि उपचार पर्ची दिएर भर्ती हुनको लागि भनियो। आरोप छ, आधार कार्ड आफूसित नभएको कारणले बगाउँ महकुमा अस्पतालमा तत्काल भर्ती लिइएन। त्यसपछि अस्पतालको मुख्य द्वारमा बसेकी वृद्धाको मृत्यु भयो। घटनालाई लिएर बनगाउँमा विवाद सृजना भएको छ।

मृतकाको पहिचान रेनु मम्डलको रूपमा भएको छ। पेट्रापोल थाना अन्तर्गत कलियाणई खेड़ापाड़ा क्षेत्रकी निवासी वृद्धको छोरा-छोरी छैन। छात्तीमा व्यथा भएको सिकायत लिएर उनी बनगाउँ थाना अन्तर्गत कालपुर निवासी आफ्नि दिदी सरस्वती सरकारलाई लिएर बनगाउँ महकुमा अस्पतालमा गएकी थिइन्।

सरस्वती सरकारले बताइन्, आपतकालीन विभागमा रेनुको जाँच गरेपछि चिकित्सकहरूले उनलाई भर्ती हुन भनेका थिए। त्यसपछि उनी भर्ती हुनको लागि वार्डमा पुग्दा उनलाई आधार कार्ड मागियो। आरोप छ, आधार कार्ड आफूसित नभएको कारणले वृद्धालाई वार्डमा भर्ती लिइएन।

सरस्वती सरकार आधार कार्ड ल्याउनको लागि अस्पतालदेखि बाहिर गइन्। यसै अवधि वृद्धाको अचानक स्वास्थ्य बिग्रिएको कारणले उनी अस्पतालको गेट बाहिर बसिन्। केही समयपछि उनी अचेत भएर मुर्छित परिन्। उनलाई अस्पतालभित्र लगियो जहाँ चिकित्सकहरूले जाँच गरेपछि मृत घोषित गरिदिए।

घटनापछि केही प्रश्नहरू उठिरहेका छन्। के मरणासन्न रोगीलाई आधार कार्डको अभावमा भर्ती हुनदेखि रोक्न सकिन्छ ? यस्ता प्रश्नहरूलाई लिएर अस्पतालको व्यवस्थामाथि पनि प्रश्न उठिरहेको छ।

यस सम्बन्धमा बनगाउँ महकुमा अस्पतालको आपातकालीन विभागकी चिकित्सक गौरी मण्डलले बताइन्, वृद्धालाई उनकी दिदीले आपतकालीन विभागमा लिएर आएकी थिइन्। यहाँ उनको चिकित्सा गरियो र उपचारको निम्ति पर्ची दिएर वार्डमा भर्ती हुनको लागि पठाइएको थियो। उनले यो पनि बताइन्, पछि आधार कार्ड लिएर पञ्जीकरणको प्रक्रिया पूरा गर्न पनि सकिन्छ।

चिकित्सकले भनिन्, अस्पतालमा कुनै पनि आपतकालीन रोगीको पहिला उपचार गरिन्छ। पछि आधार कार्ड ल्याउनको लागि भनिन्छ। रेनु मण्डलको ममिलामा पनि यही प्रक्रिया अप्नाइएको थियो। वृद्धा र उनकी बहिनी वार्डमा भर्ती नभई अस्पताल बाहिर किन गए, यसको जानकारी आपतकालीन विभागमा बसेर दिन सकिँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande