जीटीए भ्रष्टाचारको मामिलामा कसैलाई पनि छोड़िनेछैनः मुख्यमन्त्री शुभेन्दु अधिकारी
Suvendu Adhikari


सिलगढ़ी, 8 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) मा कथित भ्रष्टाचारको सन्दर्भमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार कड़ा बयान दिएका छन्। सिलगढ़ीस्थित मिनी शाखा सचिवालय उत्तरकन्याबाट आयोजित भर्चुअल प्रशासनिक बैठकमा मुख्यमन्त्री अधिकारीले भने, जीटीएमा भएको भ्रष्टाचारको जाँच गराइनेछ र दोषीहरूविरूद्ध कड़ा कारबाही हुनेछ।

मुख्यमन्त्रीले आरोप लगाए, जीटीएमा शिक्षक नियुक्तिदेखि लिएर जनताको पैसाको कथित दुरूपयोगसम्मकै मामिलाहरूको जाँच गरिनेछ। आवश्यकता परे प्राथमिकी पनि दर्ता गरिनेछ तथा आरोपीहरूलाई पक्राउ गरिने। मुख्यमन्त्रीले स्पष्ट पारे, भ्रष्टाचारको मामिलामा कसैलाई पनि छोड़िनेछैन।

मुख्यमन्त्रीले पहाड़को विकासलाई आफ्नो प्राथमिकता बताउँदै कालेबुङ सहित सम्पूर्ण पार्वतीय क्षेत्रमा विकास कार्यहरूलाई गति दिने कुरा गरेका छन्। उनले जीटीएको लागि बजट बढ़ाउने आश्वासन पनि दिए। वास्तवमा मङ्गलवार कालेबुङ टाउन हलमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीको विभिन्न सामाजिक योजनाहरूको लाभ पहाड़वासीलाई सुम्पिने साथै प्रशासनिक बैठकमा सामेल हुने योजना थियो। तर मौसमको मारले उनको हेलिकप्टर कालेबुङमा ल्याण्ड हुनै सकेन।

कालेबुङमा दुई पटक ल्याण्डिङ्ग गराउने प्रयास गरियो, तर सफलता हात लागेन। त्यसपछि सुरक्षाको कारणले हेलिकप्टरलाई सिलगढ़ीमा ल्याइयो। पछि उत्तरकन्या नजिकै भिडियोकोन मैदानमा हेलिकप्टरलाई ल्याण्ड गराइयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तरकन्याबाटै भर्चुअली बैठकमा भाग लिए। बैठकमा मुख्यमन्त्रीले जीटीएको कामकाज एवं पहाड़को विकाससित सम्बन्धित विभिन्न मुद्दाहरूको समीक्षा गरे। उनले भ्रष्टाचारको मामिलाको जाँच अनि दोषीहरूविरूद्ध कारबाही गर्ने कड़ा सन्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande