सिलगढ़ी, 12 अक्टोबर (हि. स)। नक्सलबाड़ीको आशापुर चिया बगान चार दिनसम्म बन्द रहेपछि अन्ततः आइतवारदेखि खोलिएको छ जसबाट चिया श्रमिकहरूले राहत महसूस गरेका छन्।
पूजाको मौसममा चिया श्रमिकहरूको बाँकी वेतन भुक्तान नगरी बगानलाई बन्द गरिएकोथियो। नक्सलबाड़ीको आशापुर चिया बगानका अधिकारीहरू एउटा नोटिस टाँसेर रातो-रात हराएका थिए। यसबाट श्रमिकहरू चिन्तित भएका थिए। पछि सम्पूर्ण मामिलालाई लिएर श्रम विभागमा एक त्रिपक्षीय बैठक सम्पन्न भयो। बगान अधिकारी, यूनियन तथा श्रम विभागबीच सम्पन्न भएको उक्त बैठकमा आइतवारदेखि बगान खोल्ने निर्णय लिइयो।
बगान अधिकारीहरूले आगामी सप्ताह दुई किस्तामा बाँकी वेतन दिने वाचा गरेका छन्। अर्कोतिर चिया बगान खोलिनसाथ श्रमिकहरू काममा गए। श्रमिकहरूको अनुहारमा खुशी झल्किरहेको थियो।
बगान प्रबन्धकले भने, यो समस्या भूल बुझाबुझको कारणले उत्पन्न भएको थियो। जबकि राज्यको सत्तारूढ़ तृणमूल कंग्रेसको ट्रेड यूनियन आईएनटीटीयूसीका दार्जीलिङ जिल्लाध्यक्ष निर्जल देले बताए, श्रम मन्त्री मलय घटक र श्रम विभागको निर्देशमा सम्पन्न भएको बैठकपछि बगान खोलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा