जहाँ म पुग्न सकेको छैन, त्यहाँका पञ्चायत सदस्य र सभासदहरूले जनताको हेरचाह गरिरहेका छन्: अनित थापा
जहाँ म पुग्न सकेको छैन, त्यहाँका पञ्चायत सदस्य र सभासदहरूले जनताको हेरचाह गरिरहेका छन्: अनित थापा


दार्जिलिङ, 12 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज रिम्बिक लोधोमा समष्टि अन्तर्गत फेन्चेटार, फेदिखोला, फोक्टे क्षेत्रमा वर्षाको प्रकोपको अवलोकन गरेका छन्।

उनले आफ्नो भ्रमणावधि पत्रकारहरुलाई सम्बोधन गर्दै भने, 'पञ्चायत, सभासद अनि प्रशासनका सबै जना मैदानमा राहत कार्यमा लागेका छन्। त्यति मात्र होइन अन्य राजनीतिक दलका नेताहरु पनि मैदानमा छन्। सबैले आफ्नै तरिकाले कार्य गरिरहेका छन्। बीजीपीएम सत्तामा भएको कारण हाम्रोमा प्रशासनिक क्षमता बढी छ। त्यसैले मैले बेसी नै काम पनि गर्नुपर्छ। म प्रकोपको क्षतिलाई आफ्नै आखाँले हेर्नु चाहन्छु ताकि हाम्रो प्राथमिकता के छ अनि के हुनुपर्छ त्यो स्पष्ट बनोस्।'

उनले अघि भने, 'मैदानमा सबैले आफ्नै तरिकाले सहयोग गरिरहेका छन्। यसरी नै कार्य गर्यौ भने हामी गाउँ घरमा चाँडै मानिसहरूलाई यस विपद देखि मुक्त गर्नु सक्नेछौँ।' थापाले अझ भने, 'विभागले त्यसको मूल्याङ्कन गरिरहेको छ। त्यसको पूर्ण रिपोर्ट आए पश्चात हामी रिपोर्ट सार्वजनिक गर्नेछौँ।'

उनले अघि भने, 'मुख्यमन्त्रीको पहाड भ्रमण विषय मलाई आधिकारिक सूचना आएको छैन। तसर्थ उनको भ्रमण विषय केही भन्नु सक्दिन। म सबै ठाउँ पुग्नु सकेको छैन। जहाँ मेरो उपस्थितिको एकदमै जरुरी हुन्छ त्यसलाई प्राथमिकता दिएर म ठाउँहरूमा पुगिरहेको छु। जहाँ म पुग्न सकेको छैन, त्यहाँका पञ्चायत सदस्य र सभासदहरूले जनताको हेरचाह गरिरहेका छन्।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande