मिरिकका पत्रकार रोशन थापाको निधन
मिरिकका पत्रकार रोशन थापाको निधन


मिरिक, 12 अक्टोबर (हि.स.)। मिरिकका एक अग्रज पत्रकार एवं शिक्षक रोशन थापाको निधन भएको छ।‌ उनको निधन आइतवार बिहान मन्जुस्थित निवासस्थानमा भयो। उनको असमायिक निधनले सञ्चार जगत एवं क्षेत्रमा गहिरो शोकको लहर छाएको छ।

रोशन थापाले सन् 1994 सालदेखि शुरु भएको नेपाली दैनिक सुनचरीबाट पत्रकारिता शुरु गरेका थिए भने दार्जिलिङ प्रेस एसोसिएशन (प्याड) का संस्थापक सदस्य एवं मिरिक प्रेस क्लबका पूर्व मूल सचिवको पद पनि सम्हालेका थिए। स्व. रोशन थापा निर्भिक, स्वतन्त्र अनि जुझारु पत्रकारको रुपमा अधिक लोकप्रिय थिए।

उनको निधनमा मिरिक प्रेस क्लब र प्रेस क्लब अफ् खरसाङद्वारा शोक प्रकट गरेको छ।‌ प्रेस क्लब अफ् खरसाङको तर्फबाट सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल‌ पञ्चमले पत्रकार रोशन थापाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande