हुगली, 12 अक्टोबर (हि.स.)। दुर्गापुरमा छात्रासित भएको कथित दुष्कर्मको विरोधमा हुगली जिल्लामा आइतवार भाजपाले विरोध प्रदर्शन गऱ्यो। यस अवधि मोगरा भाजपा कार्यकर्ताहरूले टायर बालेर सड़क अवरूद्ध गरे अनि प्रशासनविरूद्ध नाराबाजी गरे।
यस विरोध प्रदर्शनमा पुरसूराका भाजपा विधायक बिमान घोष, हुगली सांगठनिक जिल्ला भाजपाका महासचिव सुरेश साव, जयराज पाल, गणेश घंटाई, सोमनाथ मैत्रा सहित केही स्थानीय नेताहरू उपस्थित थिए।
भाजपा सूत्र अनुसार यो विरोध प्रदर्शन अपरान्ह 3:30 बजेदेखि लिएर 5 बजेसम्म भयो। यस अवधि घटनास्थलमा ठूलो संख्यामा पुलिस तैनाथ गरिएको थियो ताकि स्थितिलाई नियन्त्रण गर्न सकियोस्। भाजपा नेताहरूले राज्य सरकारमाथि महिलाहरूको सुरक्षालाई लिएर गम्भीर लापरवाही गरेको आरोप लगाउँदै भने, दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो सजाय दिनुपर्छ।
यता श्रीरामपुर सांगठनिक जिल्ला भाजपा अध्यक्ष सुमन घोषले भने, श्रीरामपुर सांगठनिक जिल्ला अन्तर्गत एघारमध्ये दश वटा थाना सामु दुर्गापुर ग्यांगरेपविरूद्ध भाजपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। डानकुनी थाना सामु भोलि विरोध प्रदर्शन हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा