कोलकाता, 12 अक्टोबर (हि.स.)। मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-ले आइतवार आरोप लगाए, पश्चिम बंगाल अब अपराधीहरूको सुरक्षित ठेगाना भएको छ तथा राज्यमा महिलाहरूको सुरक्षा स्थिति लगातार खस्किँदो छ।
माकपाको केन्द्रिय समितिका सदस्य सुजन चक्रवर्तीले भने, पश्चिम बंगालमा अपराधीहरू सुरक्षित छन्, महिलाहरू होइन। उनले मुख्यमन्त्री ममता ब्यनर्जीको त्यस बयानको कड़ा आलोचना गरे जसमा उनले भनेकी थिइन्, राज्य बाहिरबाट आएका महिला छात्राहरूले होस्टेलको नियम पालन गर्नुपर्छ र अबेर राती बाहिर जानु हुँदैन।
चक्रवर्तीले भने, मुख्मन्त्रीको यस्तो बयानबाट स्पष्ट भएको छ कि राज्य सरकार आफैले मानिरहेको छ कि पश्चिम बंगाल महिलाहरूको लागि सुरक्षित छैन। उनले भने, “मुख्यमन्त्रीद्वारा महिला छात्राहरूलाई राती बाहिर नजाने सल्लाह दिइनुले यो साबित गर्छ कि कोलकाता वा दुर्गापुरलाई सुरक्षित शहर बताउने प्रचार देखावटी मात्र हो।”
उनले यो पनि भने, दुर्गापुरको निजी मेडिकल कलेजको छात्रावास बाहिर सुरक्षाको जिम्मेवारी कलेज प्रबन्धनको होइन जबकि राज्य सरकारको कानून व्यवस्थाको हो।
स्मरण गराइन्छ, ओडिशाकी मेडिकल छात्रासित गए शुक्रवार राती दुर्गापुरको एक निजी मेडिकल कलेज बाहिर कथित रूपमा सामूहिक दुष्कर्म गरियो जतिबेला छात्रा आफ्नो एकजना साथीसित खाना खान बाहिर गएकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा